भक्तपुरमा अपराधको वर्तमान अवस्था, समस्या र त्यसको समाधान विषयमा अन्तरक्रिया
२०७८ असोज ९ गते, शुक्रबार
भक्तपुर नगरपालिका, समुदाय प्रहरी साझेदारी समितिको आयोजनामा भक्तपुरमा ‘अपराधको वर्तमान अवस्था, समस्या पहिचान र समाधान’ विषयक शुक्रबार अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रहरी प्रशासन र जनप्रतिनिधिको साझा प्रयासले मात्र शान्ति सुरक्षा र अपराध नियन्त्रण सम्भव हुने बताउनुभयो । सम्पदा क्षेत्रमा हुने अभद्र तथा अनैतिक क्रियाकलापहरुबारे प्रहरी प्रशासन सतर्क हुनुपर्ने बताउनुहुँदै उहाँले सामाजिक अपराध न्युनीकरणमा सबैको संयुक्त पहल आवश्यक भएको बताउनुभयो ।
उहाँले प्रहरी साझेदारी समितिले वडा वडाका जनतालाई सचेत बनाउने अपेक्षा रहेको बताउनुहुँदै अपराध नियन्त्रण भए मात्र समाजलाई सभ्य र सुसंस्कृत बनाउन सकिने बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिका क्षेत्रभित्रको अपराधको घटनाहरु सार्वजनिक गरिनुपर्नेमा जोड दिनुहुँदै भक्तपुर नपालाई सुरक्षित नगर बनाउन सबैको संयुक्त पहल आवश्यक भएको बताउनुभयो ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले भक्तपुर जिल्लाको वर्तमान अपराधका अवस्थाबारे तथ्यांकसहितको प्रस्तुतीकरण देखाउनुभयो । उहा“ले समाजमा हुने कुनै पनि आपराधिक घटनाबारे समयमै प्रहरीलाई सूचना प्राप्त भए अपराध अनुसन्धान र नियन्त्रणमा प्रभावकारी हुने बताउनुहुँदै भक्तपुर जिल्लाको पाँचवर्षीय अपराध तथ्यांक बढ्दो अवस्थामा रहेको बताउनुभयो । कार्यक्रममा व्यक्त जिज्ञासाहरुमाथि प्रष्ट पार्नुहुँदै उपरीक्षक श्रेष्ठले अपराधका घटना नियन्त्रणमा जनप्रतिनिधि र स्थानीय जनताहरुसँगको सहकार्य आवश्यक भएको, नगरको मुख्य नाकाहरुमा सीसीटिभी जडान गर्ने योजना रहेको, मदिरा सेवन गरी होहल्ला र झगडा गर्नेहरुलाई प्रहरीको टोलीले आवश्यक परामर्श दिनेलगायतका कार्यहरुमा जोड दिँदै आएको बताउनुभयो ।
प्रस्तुतीकरणपश्चात कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले आफ्ना जिज्ञासाहरु राख्नुहुँदै नगरपालिकाभित्र सञ्चालित किराना पसलहरुमा घरेलु मदिरा बिक्री वितरणका कार्य नियन्त्रण गर्नुपर्ने, जगाती—कमलविनायक सडकमा सीसीटिभी जडान गर्नुपर्ने, भट्टी पसलमाथि प्रहरीको निगरानी र नियन्त्रण आवश्यक भएको बताउनुभयो । उहाँहरुले द्रुत गतिमा सवारीसाधन हाँक्नेहरुलाई नियन्त्रणमा लिनुपर्ने, कलेज तथा विद्यालयहरुमा हुने लागू औषध सेवनमा प्रहरीले निगरानी राख्नुपर्ने, सम्पदास्थलमा घुम्ती प्रहरी परिचालन गर्नुपर्नेलगायतका जिज्ञासा राख्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो भने भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो ।
Featured Posts – Style 1
सुकुम्बासीसँग समस्या सुनुवाईमा मुख्य मन्त्री
2026-05-08 Comments Off on सुकुम्बासीसँग समस्या सुनुवाईमा मुख्य मन्त्री
सुकुम्बासीसँग समस्या सुनुवाईमा मुख्य मन्त्रीभक्तपुर, बैशाख २४ गतेबागमती प्रदेशका मुख्य मन्त्री इन्द्रबहादुर बानियाँले सुकुम्वासीवस्तिबाट विस्थापित भएका समुदायलाई स्थानीय सरकार, बागमती...
भाषा दिवस २०८३ भव्य रूपमा सम्पन्न
2026-05-07 Comments Off on भाषा दिवस २०८३ भव्य रूपमा सम्पन्न
भाषा दिवस २०८३ भव्य रूपमा सम्पन्न २०८३ वैशाख २४ गते बिहीबार बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाको प्रमुख अतिथ्यमा आज...
शिक्षा रूपान्तरणको पुकार
2026-05-07 Comments Off on शिक्षा रूपान्तरणको पुकार
शिक्षा रूपान्तरणको पुकार * रामकृष्ण प्रजापति, अध्यक्ष, अभिभावक संघ नेपाल, भक्तपुर जिल्ला समिति निजि विद्यालयका ढोका अगाडि,शुल्कका पर्खाल उभिएका छन्,भर्ना,...
एक महिने ब्युटी पार्लर तालिम सम्पन्न: सीपलाई व्यवसायमा बदल्न जोड
2026-05-07 Comments Off on एक महिने ब्युटी पार्लर तालिम सम्पन्न: सीपलाई व्यवसायमा बदल्न जोड
एक महिने ब्युटी पार्लर तालिम सम्पन्न: सीपलाई व्यवसायमा बदल्न जोड उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आयोजना तथा भक्तपुर घरेलु तथा...
रकम नबुझाउने व्यापारीलाई दुःख दिने गरेको प्रमाण
2026-05-07 Comments Off on रकम नबुझाउने व्यापारीलाई दुःख दिने गरेको प्रमाण
काठमाडौं, २४ बैशाख । तराईका जिल्लाहरुमा अझै पनि रकम नबुझाउने व्यापारीलाई दुःख दिने गरेको प्रमाण भेटिएको छ । सक्कली बिल–विजक...











