भक्तपुर र चितवनका ब्यापारीहरु बीच भातृत्व सम्बन्ध कायम

भक्तपुर र चितवनका ब्यापारीहरु बीच भातृत्व सम्बन्ध कायम
भक्तपुर, कार्तिक १४ गते
आज देखि भक्तपुर र चितवनका ब्यापारीहरु बीच भातृत्व सम्बन्ध कायम भएको छ । भक्तपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ–चितवनबीच समस्त उद्योग वाणिज्य क्षेत्रको हित र प्रवद्र्धनका लागि भ्रातृत्व सम्बन्ध कायम गरी सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा आज अस्ताक्षर गरी भातृत्व सम्बन्ध कायम गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यको प्रमुख आतिथ्यतामा संघको सभाहल औद्योगिक क्षेत्र भक्तपुरमा भएको एक समारोह बीच भक्तपुर उद्योग वाणिज्य संघ अध्यक्ष शिव मानन्धर र उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले हस्ताक्षर गरेका हुन ।


नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष सुरकृष्ण वैद्य, भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जा, उद्योग वाणिज्य संघ, चितवनका वरिष्ठ
उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, , भक्तपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष, कृष्णमुरारी न्यौपानेको रोहवरमा सो हस्ताक्षर भएको हो । निकत भविष्यमा पोखरा उद्योग वाणिज्य संघसँग पनि भातृत्व सम्बन्ध बनाउन चाहेको भक्तपुर उद्योग वाणिज्यले चितवन संघसँग भातृत्व सम्बन्ध आजबाट गाँसेको संघका कार्यकारी अधिकृत सत्यराम त्वातीले जनसञ्चार खवरलाई बताए ।
१० बुदे हस्ताक्षरित समभदारी पत्रमा भक्तपुर र चितवन क्षेत्रको व्यापार तथा उद्योग विकासका लागि एकआपसको अनुभव र विशषज्ञता आदानप्रदान गर्ने र सम्भव भएसम्म लगानी प्रवद्र्धनका लागि दुवै संघ सक्रिय रहनुका साथै सोसम्बन्धी स्रोतहरु खोजी गर्न क्रियाशील रहने ।
दुवै संघको सुदृढीकरण र आपसी सम्बन्ध बलियो बनाउन भक्तपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ चितवनका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु र सचिवालयका कर्मचारीहरुबीच भ्रमण आदानप्रदान गर्ने र दुवै संघले संस्थागत विकासको क्रममा आर्जन गरेको अनुभव र ज्ञान आदानप्रदान गर्नुका साथै अन्य संघहरुको संस्थागत विकासका लागि आवश्यकताअनुसार संयुक्त पहल गर्ने ।
उद्योग वाणिज्य क्षेत्रको विकासका लागि राष्ट्रिय स्तरमा आउने विभिन्न चुनौतिहरु सामना गर्ने क्रममा एकअर्कालाई हानी नोक्सानी नहुने गरी आपसी साझा दृष्टिकोण निर्माण गर्न प्रयत्न गर्ने र सम्बन्धित सूचना तथा प्रकाशनहरु आदानप्रदान गर्नुका साथै अवस्थाअनुसार आवश्यक भएमा उद्योग वाणिज्य क्षेत्रको विकासका लागि व्यावसायिक पैरवी गर्ने ।
दुवै संघहरुबाट उद्योग, व्यापार, कृषि, पर्यटन तथा सूचना प्रविधिको विषयमा विकसित नयाँ नयाँ गतिविधिहरुको अनुभव र सूचना आदानप्रदान गर्ने र कार्यान्वयनमा सहकार्य गर्ने ।
दुवै संघले आयोजना गर्ने राष्ट्रिय स्तरको औद्योगिक व्यापार मेलामा एकआपसमा सघाउने।
साना तथा मझौला व्यवसाय विकासलाई विशेष ध्यान दिई आआफ्नो अनुभव आदानप्रदान गर्ने ।
भक्तपुर र चितवनका व्यवसायीहरुले आआफ्नो क्षेत्रमा उत्पादन गरेका वस्तुहरुको बजारीकरण तथा व्यापार प्रवद्र्धनका लागि दुवै संघले एकआपसमा सहयोग गर्ने । दुवै संघका सदस्यहरु लाभान्वित हुने गरी संघहरुले पहिचान गरेका अन्य क्षेत्रहरुमा समेत आवश्यकताअनुसार नीति निर्माण तथा कार्यक्रम तय गरी सञ्चालन गर्ने ।
दुवै क्षेत्रका कला, साहित्य, संस्कृतिहरुको विकास तथा प्रवद्र्धनमा आपसी सहयोग अभिवृद्धि गर्ने र माथि उल्लेखित बुँदाहरु बाहेक दुवै संघले पहिचान गरेको अन्य क्षेत्रहरुमा समान विचार बनाउन र कार्यक्रमको पहिचान गर्न सकिनेछ भनिएको छ।