भक्तपुरमा अझै ७ सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित

भक्तपुरमा अझै ७ सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित
भक्तपुर, भाद्र १७ गते
भक्तपुरमा कोरोना संक्रमित २७ हजार भन्दा बढी पुगेको छ भने २६ हजारले कोरोना जितेको छ । यसै गरी भक्तपुर जिल्लामा महिला भन्दा बढी पुरुषमा कोरोना संक्रमित भएको पाइएको छ । कोरोनाबाट २७ हजार भन्दा बढी संक्रमित भइ सक्दा १४ हजार ८ सय ५२ पुरुष कोरोना संक्रमित हुँदा १२ हजार ६५१ महिलाहरु संक्रमण देखिएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । जिल्लामा हाल ७ सय २ जना सक्रिय संक्रमित छन् । संक्रमित मध्ये २६ महिला र २४ पुरुष गरी ५० जना मात्रै संस्थागत आईसोलेशन केन्द्रमा रहेको उल्लेख गर्दै कार्यालय प्रमुख कृष्णवहादुर मिजारले संक्रमितहरु मध्ये ६ सय ५२ होम आइसोलेशनमै रहेको जनाए । कोरोना संक्रमणबाट यो हप्तामा ७ जनाको निधन भएसँगै उहाँले पछिल्लो चरणमा कोरोना संक्रमणबाट मृत्यु दर बढेको बताए । उहाँले हालसम्म कोरोनाबाट भक्तपुर जिल्लामा ३ सय ३५ जनाले ज्यान गुमाएको बताए । हाल कोरोना परीक्षण गरेका मध्ये ४० प्रतिशतमा कोरोना संक्रमण देखि रहेको उल्लेख गर्दै कोरोना संक्रमणबाट जिल्लाबासिलाई बचाउन खोप अभियान जारी राखेको जनाएको छ ।