भक्तपुर नगरपालिकाको लेखा समितिको प्रतिवेदन २०७७ सर्वसम्मतिले पारित

भक्तपुर नगरपालिकाको लेखा समितिको प्रतिवेदन २०७७ सर्वसम्मतिले पारित

भक्तपुर, माघ २२ गते

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको भक्तपुर नगरपालिकाको आठौ नगरसभाले भक्तपुर नगरपालिकाको लेखा समितिको प्रतिवेदन २०७७ सर्वसम्मतिले पारित ग¥यो ।
प्रमुख प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले आर्थिक पारदर्शितालाई विशेष ध्यान दिई कार्य गरिरहेको तथा जनप्रतिनिधिहरुलाई आर्थिक अनुशासन कायम गर्न सहयोग पु¥याउने बताउनुहुँदै महालेखाले औंल्याएका कतिपय कुराहरु नीतिगत रुपमा मिलाउन सकिने बताउनुभयो ।


भक्तपुर नगरपालिकाको लेखा समितिको प्रतिवेदन पारित
भक्तपुर, २०७७ माघ २२ गते, विहिबार ।
उहाँले स्थानीय तहहरुका जनप्रतिनिधिहरु बदनाम भैरहेको तर्पm ध्यानाकर्षण गर्नुहुँदै भक्तपुर नगरपालिकाले गरिरहेको कार्यहरु स्थानीय तहका जनप्रतिनिधिहरुले नियालीरहेको हुँदा आर्थिक अनुशासनमा जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाको आ.व. २०७५।७६, २०७४।७५ र २०७३।७४ को महालेखा परीक्षकको कार्यालयबाट लेखा परीक्षण भई भक्तपुर नगरपालिकालाई प्राप्त अन्तिम लेखा परीक्षण प्रतिेवेदनमा औंल्याइएका नियमित गर्नुपर्ने, असुल उपर गर्नुपर्ने र प्रमाण पेश गर्नुपर्ने बेरुजुहरुको सम्बन्धमा नगरपालिकाको नगर सभाबाट गठित लेखा समितिको बैठकहरुमा अध्ययन तथा छलफल भै बेरुजु फछ्यौैटका लागि पेश भएको प्रतिवेदन नगरसभामा पेश भएको हो ।
लेखा समितिको प्रतिवेदनबारे छलफलमा सभासद् शिवप्रसाद बालाले आप्mनो धारणा राख्नुभएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि लेखा समितिका संयोजक हरिप्रसाद बासुकलाले प्रष्ट पार्नुहुँदै महालेखाले औंल्याएका प्रायजसो समाधान भइसकेको र केहि कुराहरु नीतिगत अस्पष्टता रहेकोले स्पष्ट पारी महालेखा परीक्षकको कार्यालयमा लेखी पठाउने प्रष्ट्याउनुभयो ।
नगरसभाको अर्को बैठक माघ २६ गते सोमबार दिनको १ः०० बजे बस्ते गरी स्थगित भयो ।