प्रभात स्कूलद्वारा भनपा २ र ६का जेष्ठ नागरिक सम्मानित
भक्तपुर, चैत्र ७ गते
प्रभात ईग्लिस स्कूलले ४४ औं वार्षिकोत्सवको अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मानित गरेका छन् । भक्तपुर नगरपालिका वडा नं. २ र ६ का सयौं जेष्ठ नागरिकहरुलाई आज दोसल्ला ओलाएर र सम्मान पत्रबाट नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनितिज्ञ नारायणमान विजुक्छेले जेष्ठ नागरिकहरुलाई सम्मानित गरेका हुन । नयाँ पुस्तालाई मातृभाषा एवं सिष्टभाषाशैलीको ज्ञानसिप दिन आवश्यक भएकोमा जोड उहाँले हामी पछाडी पर्यौं भन्ने व्यापक चित्तदुखाई र गुनासो के रहे छ? भनेर टोल टोलमा बुझ्दा नगरपालिकाले राम्रो काम नगरेको, कर्मचारीले हप्कार्ने बोली बोलेको, स्कूल अस्पतालका कर्मचारीहरुको समेत त्यस्तै व्यवहार भएर जनता चिडिएको भन्ने जन गुनासो सुन्नेको उहाँले बताउनु भयो ।
जनगुनासो जस्तो छ ठिक यस्तै नभए पनि भाषा शैलीमा भने सुधार्न आवश्यक भएको टिप्पणी गर्दै उहाँले सदस्यहरुले राजाको जस्तो व्यवहार नसुहाउने, जनताको प्रतिनिधी मालिक नभई सेवाकालागि हो भन्ने कुरालाई भूल्न नहुने बताउनु भयो । अध्यक्ष विजुक्छेले दर्शन नमस्कार भन्नेर आदर गर्ने जीवनशैली रहेका कतिपय समुदायलाई यता आउ, उता जाऊ……. भन्ने बोली वचन ठिन नहुनु स्वभाविक भएकोले नयाँ पुस्तामा बोली वचन बारे राम्रो ज्ञान आवश्यक भएकोमा जोड दिएका हुन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले नयाँ पुस्तामा साँस्कृतिक आदानप्रदान गर्न एक अर्को देशको भाषा र संस्कृति बारे पनि अध्ययन गर्न आवश्यक भएको भन्दै उहाँले प्रभात इग्लिस स्कूललाई सरकारी सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालन गरी विद्यालय शिक्षालाई गुणस्तरीय बनाउँदै आएको बताउनु भयो । घरको जग जस्तै विश्वविद्यालयको जग बलियो बनाएर प्रभात स्कूलले राम्रो र प्रतिस्पर्धी विद्यार्थी तयार पार्न लागि परेको बतउनु भयो । उहाँले नयाँ पुस्तालाई हिजो भन्दा आज झन राम्रो बनाउन शिक्षकहरु लागिपरेको चर्चा गर्दै देशभरकै नमूना विद्यालयको रुपमा प्रभात इग्लिस स्कूल अभिभावकहरुको सहभागितामा सञ्चालित रहेको बताउनु भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, वागमति प्रदेशका सांसद सृजना सैंजू, किसान नेता गोविन्द दुवाल सहितका अतिथिहरुले भक्तपुरको शैक्षिक विकासकालागि प्रभात स्कूलले खेल्दै आएको गुणस्तरीय र व्यवहारिक शिक्षाका भूमिका बारे प्रकाश पारेका थिए । सार्वजनिक शौचालय र भंसी आहालको रुपमा रहेको ठाउँलाई २०३८ सालमा विहानी कक्षाको रुपमा प्रभाव मावि र दिवा कक्षाको रुपमा प्रभात इग्लिस स्कुल सञ्चालन गरी हाल प्रभात इग्लिस सेकेण्डारी स्कुल सञ्चालनमा रहेको स्थानिय अभिभावक आशकुमार कोजूले जनसञ्चार खवरलाई बताए । हाल हजारौ विद्यार्थीहरुलाई नर्सरी देखि कक्षा १० सम्म अध्ययन अध्यापन गदै आएको विद्यालयका प्रिन्सिपल बन्दना प्रजापतिले जनाएको छ । वार्षिकोत्सवको अवसरमा विद्यार्थी एवं शिक्षक र अभिभावकहरुले साँस्कृतिक कार्यक्रम आयोजना गर्दै देशभक्ति र सामाजिक विषयवस्तुहरुमा आधारित साँस्कृतिक कार्यक्रम समेत आयोजना गरेको थियो ।













