भक्तपुरको विकासलाई केन्द्र सरकारसँग जोड्न चुनावी मैदानमा, उम्मेदबार न्यौपाने
भक्तपुर, फाल्गुण ६ गत
भक्तपुरको विकासलाई केन्द्रीय सरकारसँग जोड्न प्रतिनिधी सभाको निार्वचनमा आफ्नो उम्मेदवारी भएको किरण न्यौपानेले जनाएको छ । राजधानीसँगै जोडिएको भक्तपुर जिल्लाको विकास निर्माणमा केन्द्रीय सरकारसँग जोड्न नसकेको तथा जितेर गएकाहरुले प्रतिपक्षको भूमिका मात्रै खेल्दा यस क्षेत्रले विकास नपाएको टिप्पणी गरेका हुन । नेपाली कांग्रेसबाट भक्तपुर निर्वाचन क्षेत्र नं. १कालागि चुनावी मैदानमा उत्रेका न्यौपानेले पार्टीको घोषणा पत्र अनुसार काम गर्ने भन्दै आज स्वतन्त्र पत्रकार संघका पत्रकारहरुसँग भक्रपुरमा साक्षात्कार गरेका छन् । मतदाताहरुको बीचमा कांग्रेसले हिजो जे गर्यो गरेन भन्दा पनि आजको जनभावना एवं जेन्जीको मागलाई समेत आत्म साथ गरेर आफूले देश निर्माणकालागि मात्र नभई आफ्नो क्षेत्र निमार्णका लागि समेत महत्वपूर्ण भूमिका खेल्न आफू चुनावी मैदानमा रहेको जनाएका छन् । निर्वाचनमा कस्ले कति मत पाउँछ भन्ने सवाललाई भन्दा आफ्नो पार्टीको घोषणा पत्रलाई कार्यान्वयन गर्न गराउन निरन्तर प्रयास गर्ने अवधारणा अनुसार आफू मतदाताहरु समक्ष पुगेको उहाँको जिकिर थियो ।
उम्मेदवार प्रतिबद्धता, पत्रकार साक्षात्कार
https://www.youtube.com/watch?v=EZGYIFhuE1g
लामो इतिहास बोकेको आफ्नो पार्टीको कुनै पनि पद्मा नबसेर पनि सो पार्टीको अवधारणा अनुसार काम गर्न पाटीको विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वमा आफू प्रतिबध भएर लागेको उहाँको जिकिर थियो । अधिवक्ताका रुपमा रहेको न्यौपाने नेपाल बार एशोसियशनको केन्द्रीय सदस्य समेत रहेको भन्दै उहाँले देशको नीति निमार्णमा आफ्नो महत्वपूर्ण भूमिका रहने जनाएको छ ।
फागुण २१को प्रतिनिधी सभा सदस्य निर्वाचनकालागि चुनावी मैदानमा होमिएका उम्मेदवारहरुका एजेण्डा र प्रतिबधताहरु पत्रकारहरु मार्फ जनताको विचमा पुर्याउन स्वतन्त्र पत्रकार संघ भक्तपुरले पत्रकार साक्षात्कार कार्यक्रम आयोजना गर्दै आएको छ । सो कार्यक्रमको रेडियो जनसञ्चार र जनसञ्चार टेलिभजिनबाट प्रत्यक्ष प्रशारण गर्दै आएको छ । यसैक्रममा विहिबार भक्तपुर निर्वाचन क्षेत्र २का उम्मेदबार रमेश बैद्यसँग साक्षात्कार गर्ने कार्यक्रम तर्जुमा गरेको छ । बैद्य नेपाल मजदुर किसान पार्टीको तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नं. २का उम्मेदवार हुनु हुन्छ ।








