कार्तिक २०८२ राष्ट्रिय निजि तथा आवाशिय बिद्यालय एशोसिएसन नेपाल (नेश्सनल प्याब्सन ) भक्तपुर ले २०८२ सालको एस.ई.ई.परीक्षामा आवद्ध हुने बिद्यार्थीहरुका लागि गणीत बिषयको अभिमुखिकरण कार्यक्रम बिषय बिज्ञ श्री एन.बि.खाताखो ज्यूवाट सम्पन्न गरियो।Mathematics Boost-up Session For Grade Ten नाम दिइएको उक्त कार्यक्रम नेशनल प्याब्सन भक्तपुर तदर्थ समितिका सयोजक श्री पुण्य राम कवाले कार्यक्रमको शुरूवात गर्दै आगामी SEE परीक्षामा सामेल हुने विद्यार्थीहरुलाइ सफलताको शुभकामना दिनु भयो।


साथै प्रशिक्षकज्यू बाट परीक्षामा उत्कृष्टता हासिल गर्ने उपायहरु दिनुभयो । कार्यक्रममा एन प्याब्सन केन्द्रिय सचिब बिक्रम ढुकुछु ,पुर्व वरिष्ठ जिल्ला उपाध्यक्ष शिव कृष्ण कवा , पुर्व सहसचिव दिनेश शाक्य ,पुर्व जिल्ला सहकोषाध्यक्ष रत्न राई,जिल्ला सदस्य कमल सुवाल ,सदस्य विश्व राम दुवाल र जनक न्याइच्याइ को उपस्थित रहेको थियो।














