१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने

१५ दिने ‘बोटल आर्ट तालिम सम्पन्न: सिपलाई व्यवसायसँग जोड्नु पर्ने

भक्तपुर, जेठ १९

     उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरको आयोजना एवं भक्तपुर घरेलु तथा साना उद्योग संघको सहकार्यमा संचालित १५ दिने बोटल आर्ट (बोटल कला) तालिम उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद कुस्माको प्रमुख आतिथ्यतामा सम्पन्न समापन भएको छ।

     सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुस्माले बागमती प्रदेश, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत यो सीप विकास तालिम सञ्चालन गरिएको जानकारी गराउँदै परम्परागत तालिम भन्दा फरक प्रकृतिको ‘बोटल आर्ट’ तालिम सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो:”कार्यालयले मात्र कार्यक्रम गर्दा लक्षित वर्गसम्म पुग्न कठिन हुने भएकोले विभिन्न संघ-संस्थाहरूसँग सहकार्य विभिन्न तालिम गोष्ठी मेला महोत्सवहरुको आयोजना गर्दै आएका छौं। यस कार्यक्रमको सफल संयोजनका लागि भक्तपुर घरेलु तथा साना उद्योग संघ परिवारप्रति आभार व्यक्त गर्दछु।”उहाँले सहभागीहरूलाई बधाई दिँदै प्रशिक्षकलाई धन्यवाद समेत व्यक्त गर्नुभयो।कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालयका अधिकृत राजेन्द्र सुवेदीले सीप हासिल गर्नु नै अन्तिम उपलब्धि नभएको बताउनुभयो। उहाँले तालिमलाई प्रगतिको ‘भर्‍याङ’ सँग तुलना गर्दै भन्नुभयो:तालिमले मार्गप्रशस्त गर्छ, तर माथि चढ्ने काम स्वयं व्यक्तिको हो।घरमै बसेर फुर्सदको समय सदुपयोग गरी निरन्तर अभ्यास गरेमा मात्र यसले आर्थिक लाभ दिन्छ।साथै उहाँले भक्तपुरमा धेरै आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने हुन्दा ती पर्यटकहरुलाई कोशेलीको रुपमा बिक्रि गरी आय आर्जन गर्न सकिने बताउनु भयो ।

     कार्यक्रममा संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले तालिमको सफल आयोजना र आगामी योजनाबारे बोल्नु हुन्दै यो तालिकले खेर गईरहेका शिशा बोटललाई पुन प्रयोग गर्दा बातावरण प्रदर्शन पनि कम हुनुका साथै थोरै लगानीमा राम्रो प्रतिफल दिने व्यवशाय बने कुरा बताउनु भयो ।त्यसैगरी संघका निवर्तमान अध्यक्ष प्रेम खर्बुजाले तालिमले सहभागीहरूको सृजनशीलता र आर्थिक पाटोमा पार्ने सकारात्मक प्रभावबारे चर्चा गर्नुभयो।साथै विभिन्न संघ संस्थाले दिने एकैखाले तालिम भन्दा भिन्न प्रकारको तालिम दिन उद्योग तथा बाणिज्य कार्यालयले सहकार्य गर्नुभएकोमा आभार व्यक्त गर्नुहुन्दै संघ हालैमात्रा परम्परागत उद्योगलाई परम्परा देखि नवप्रवर्तन कार्यक्रम गरी संचालनमा रहेको परम्परागत उद्योगको परम्परा यथावत राखि सो उद्योगलाई कसरी प्रविधि सँग जोडेर जिवन्त राख्न सकिन्छ भने विषयमा सम्बाद कार्यक्रम संचालन गरेको जानकारी गराउनु भयो । प्रशिक्षक उमेश नकर्मी प्रशिक्षणको अनुभव र सहभागीहरूको उत्साहबारे जानकारी गराउँदै यो कला हस्तकला अन्तर्गत पर्ने भएकोले जति बढी लगनशिल भई अभ्यास गरियो त्यति राम्रो उत्पादन हुने यो एउटा उपहार दिन मिल्ने भएकाले बजारमा धेरै माग हुनुका साथै राम्रो कला भर्न सक्नेलाई बिदेशमा समेत अवसर मिल्ने बताउनु भयो भने प्रशिक्षार्थी करुणा कायस्थ तालिमले आफूहरूमा नयाँ आत्मविश्वास जगाएको सीप विकास र उद्यमीकरणलाई प्रोत्साहन गरेको बताउनुभयो।कार्यक्रममा संघका सह सचिव सुमित्रा श्रेष्ठले तालिमको औचित्य तथा संघ उद्देश्यबारे चर्चा गर्नुभयो ।