इन्द्रायणी साकोसको छैठौ अधिवेशनबाट नयाँ नेतृत्व चयन

इन्द्रायणी साकोसको छैठौ अधिवेशनबाट नयाँ नेतृत्व चयन
भक्तपुर, असोज ११ गते
इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरले आज भक्तपुरमा १७ औं वार्षिक साधारणसभा तथा छैठौ अधिवेशन आयोजना गर्दै अन्जन ज्याख्वाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
संस्थाका ९४ वर्षका जेष्ठ सदस्य कान्छीदेवी पक्काले पानसमा दिप प्रज्वलन गरी उद्घाटन भाएको सो साधारण सभामा सदस्य शिक्षा सहजकर्ता एवं भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष कृष्णगोविन्द लाखाजुले भक्तपुर बैक्वेटमा सहकारी सम्बन्धि विशेष प्रशिषण दिनु भएको थियो ।
आज सम्पन्न छैठौ अधिवेशनमा अध्यक्षमा अन्जन ज्याख्वा, उपाध्यक्षमा रामभक्त पक्का, सचिवमा सत्यनारायण सुवाल, कोषाध्यक्षमा रमेश खर्बुजा, तथा सदस्यहरुमा इन्द्र द्योपाला, सदस्यहरुमा रामप्रसाद खर्बुजा, कृष्णभक्त सुवाल, जितेन्द्रलाल श्रेष्ठ, सुमि धुख्वा र लेखा समितिको संयोजकमा सुजन खर्बुजा, सदस्यहरुमा कृष्णसुन्दर पक्का, रविन श्यामा सर्व सहमतिमा चयन गरेका हुन । आज निर्वाचित कार्य समितिका पदाधिकारीहरुले आजै सपथग्रहण समेत गरेका छन् ।


कार्यक्रमका विशेष अतिथि लाखाजु सहित संस्थाका पदाधिकारीहरुले सो अवसरमा संस्थाका जेष्ठ नागरिकहरुलाई कदर पत्रका साथ दोसल्ला ओडाएर सम्मानित गर्नुका साथै असल ऋणी, असल बचतकर्ता, स्नातक, स्नातकोत्तर उत्तीर्ण सहकारी संस्थाका सदस्य तथा छोराछोरीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कृष्ण गोविन्द लाखाजुले सहकारी संस्थाको वार्षिक साधारण सभा र अधिवेशनको महत्व बारे सदस्य समुदायले राम्रोसँग बुझेर सहभागि हुन सकेन भने ब्याजको लोभमा मात्रै लाग्यो भने तथा लाभांस र उपस्थिति भट्टा मात्रै बुझ्ने कार्य गर्यो भन्ने सहकारीबाट कहिले ठगिन्छ भन्न नसकिने उल्लेख गर्दै पछिल्लो चरणमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशन अनुसार सहकारी संघसंस्थाले सधारण सभा आयोजना गर्दा, उपस्थिति भट्टा दिन नहुने, निमन निकायहरुलाई अतिथिको रुपमा बोलाउन नहुने भएपनि सहकारी सचेतनाका प्रशिक्षणहरु दिएर सहकारी संघ संस्थाहरुलाई सदस्यमुखी एवं सदस्य केन्दीय बनाउनकलागि राम्रो पक्ष भएको बताउनु भयो । संस्थाका अध्यक्ष गोपाल श्यामाको अध्यक्षतामा आयोजित सो साधारण सभामा सचिव कृष्ण सुन्दर पक्काले आ.व. २०८१।८२को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०८२।८३को प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए । यसै बीच कोषाध्यक्ष सत्यनारायण सुवालले आ.व. २०८१।२०८२ को आय ब्यय तथा २०८२।०८३को अनुमानित आय, ब्यय विवतरण प्रस्तुत गरिएको थियो । साथै लेखा तथा सुपरीवेक्षण समितिको तर्फबाट आ.ब. २०८१।२०८२को वार्षिक प्रतिवेदन संयोजक रेमश खर्वुजाले प्रस्तुत गरेको थियो ।
संस्थाका संचालन सदस्य जितेन्द्रलाल श्रेष्ठले सञ्चालन गरेको सो कार्यक्रममा पूर्व उपाध्यक्ष अञ्जन ज्याख्वले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
२ हजार ४ सय ५९ साधारण सदस्य तथा ७१९ वाल बचतकर्ता एवं ७० वर्ष माथिका ४५ जना जेष्ठ नागरिक सदस्य रहेको इन्द्रायणी साकोसले २७ करोड ११ लाख ८० हजार ८ सय ७३ रुपियाँको निक्षेप संकलन गरी २४ करोड, ३८ लाख २१ हजार ८ सय २९ रुपियाँ लगानी गर्न सफल भएको छ । यसै बीच ३ करोड ९३ लाख ३९ हजार शेयर पूँजी पुयाएको छ ।