नेपाल साहित्य मन्दिरमा मानिक बाबु ग्वंग:
भक्तपुर,
नेपाल साहित्य मन्दिरकाे १५ आैं वार्षिक साधारण सभा तथा अधिवेशनले साहित्यकार मानिक बाबु ग्वंग: काे नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विराेध निर्वाचित गरेकाे छ । उक्त समितिका पदाधिकारी तथा सदस्यहरूमा क्रमश: उपाध्यक्ष उत्तम नारायण मल्ल, सचिव सुदिप हाडा, सहसचिव दिपक राज “ख्वप” , काेषाध्यक्ष सुजित बहादुर कायष्ठ र सदस्यहरूमा मनाेरमा शर्मा, विष्णु बहादुर प्रधानाङ्ग, मार्शल राठाैर, मिमला शर्मा, गुहेश्वरी प्रधान शाक्य र कृष्ण बहादुर प्रधानाङ्ग रहेका छन् ।
नेपाल साहित्य मन्दिरका अध्यक्ष प्राज्ञ अगिव बनेपालीकाे सभाध्यक्षतामा सम्पन्न उक्त समाराेहमा मन्दिरकाे मुखपत्र साहित्यिक पत्रिका “मत” -५ र संस्कृतिविद् हरिशरण राजाेपाध्याय शर्माद्वारा लिखित नेवा: संस्कार, संस्कृतिइ दुवालाकाे प्रमुख अतिथि, विशेष अतिथि र अन्य अतिथिहरूले सामुहिक रूपमा सार्वजनिकीकरण गरिएकाे थियाे ।


उक्त समाराेहलाई प्रमुख अतिथि नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के. सुन्दर, विशेष अतिथि समाजसेवी तथा हर्षलाल लुमन्ति काेषका दाता कृष्णलाल प्रधान, अतिथिहरू वरिष्ठ साहित्यकार तिलक प्रकाश कायष्ठ, वरिष्ठ कवि डा. याेगेन्द्र प्रधान, सिर्जना अभियानका सचिव वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी, विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिका अध्यक्ष महेन्द्र गाेपाल कर्माचार्य, भक्तपुर साहित्यिक समाजका अध्यक्ष एवम् मत – ५ का सम्पादन सदस्य राजुराम मुनंकर्मी र लेखक हरिशरण राजाेपाध्याय शर्मालगायतले नेपाल भाषाकाे विकासमा नेपाल साहित्य मन्दिरकाे याेगदानकाे विषयमा चर्चा गर्नृभएकाे थियाे । समाराेहमा उपस्थित सम्पूर्ण अतिथि तथा सदस्यहरूलाई संस्थाका सदस्य रामनारायण प्रजापतिले स्वागत गर्नुभयाे भने अर्का सदस्य उत्तम नारायण मल्लले कृतज्ञता ज्ञापन गर्नुभयाे । साेही समाराेहमा स्व.हर्षलाल उझांथाछेंकाे तसविरमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गरिएकाे थियाे भने सदस्य गुहेश्वरी प्रधान शाक्यले स्वागत गान प्रस्तुति गर्नुभएकाे थियाे ।
सदस्य सुदिप हाडाकाे प्रस्तुतिकरणमा सम्पन्न उक्त अधिवेशनमा सचिव हरिशरण राजाेपाध्यायले प्रस्तुत गर्नुभएकाे सांगठनिक प्रतिवेदन र काेषाध्यक्ष भावना कायष्ठले प्रस्तुत गर्नुभएकाे आर्थिक प्रतिवेदन छलफल पश्चात् पारित गरिएकाे थियाे











