१२ वर्षे चण्डेश्वरी जात्राले भक्तपुर नगरपरिक्रममा गर्ने
भक्तपुर, श्रावण २४ गते
लिच्छवि राजा आनन्द देवले भक्तपुरमा राजधानी बनाएर चन्देश्वरी मन्दिर स्थापना गरेपछि भक्तपुर धार्मिक र साँस्कृतिक नगरको रुपमा विकास भएको भन्दै इतिहासकार प्रा।डा। पुरुषोतम लोचन श्रेष्ठले चन्देश्वरी जात्रा देश र जनताको रक्षाकालागि सञ्चालनमा आएको बताएका छन् । बाह्र बर्षे चन्देश्वरी जात्रा बारे जानकारी दिन चन्देश्वरी मचा पुचः भक्तपुरले शनिबार भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा इतिहासकार श्रेष्ठले सो कुरा बताएका हुन । कार्यक्रममा स्थानीय जनप्रतिनिधी नारायणप्रसाद त्वानाबासुले भक्तपुर नगरको पाँच वडा नगरकै महत्वपूर्ण जात्रा पर्व हुने स्थल रहेको भन्दै चन्देश्वरी मन्दिरको १२ वर्षे जात्रा पनि यसको उदाहरण भएको बताए । उहाँले १२ वर्षे चन्देश्वरी जात्रा भव्य रुपमा मनाउन जात्रा व्यवस्थापन समिति गठन गरी कार्य भइरहेको जनाए भने स्थानीय जेष्ठ नागरिकले चन्डेश्वरी मन्दिर भक्तपुरमा स्थापना गर्नुका जनसृष्टिहरु प्रस्तुत गर्दै परपुर्वकाल देखि जनता र राजा मिलेर यो जात्रालाई मनाउँदै आएको बताउनु भयो ।

चण्डेश्वरीको बाह्र बर्षे जात्रा श्रावण २६ गते भक्तपुरको चासुखेल चण्डेश्वरी मन्दिर परिसरबाट सुरु हुने र यो जात्रामा साँस्कृतिक बाजा गाजा नाचगान सहित हजारौको सहभागिता हुने तथा गाईजात्रा पद्क्षिणामार्ग परिक्रममा हुने पनि आयोजक समितिले जनाएको छ ।













