मुक्ति संगीतले गर्यो गुरु सम्मान र प्रशिक्षार्थी दिक्षित

मुक्ति संगीतले गर्यो गुरु सम्मान र प्रशिक्षार्थी दिक्षित

भक्तपुर, श्रावण २४ गते

विद्यार्थीहरुले पढेर पास गरेर मात्र होइन सो विषयको विज्ञता हासिल गर्नुपर्नेमा जोड दिदै बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले मुक्ति संगीत प्रशिक्षण केन्द्रका गुरु सम्मानित तथा प्रशिक्षार्थीहरुलाई शनिबार दिक्षित गरेका छन् । गरुडा होटल तौमढीको सभाहलमा आयोजित सो कार्यक्रममा स्थानीय संस्कृतिविदलाई सम्मानित गर्दै सांसद गोसाईले स्थानीय संस्कृति र सभ्यता संरक्षण गर्न नयाँ पुस्तालाई निरन्तर प्रशिक्षण दिनुपर्नेमा जोड दिनु भयो । उहाँले आफ्नो मातृभाषा छोडेर अरु भाषा बोलेर भाषा संस्कृति संरक्षण हुन नसक्ने बताउनु भयो । सस्कृति अभियान्ता गणेशराम लाछिले भक्तपुरमा मुक्ति संगीतले नयाँ पुस्तामा परम्परागत नाँच गान र बाजाहरु सिकाएर संस्कृति संरक्षणमा अतुलनयिा योगदान गर्दै आएको चर्चा गर्दै ख्वप विश्वविद्यालय स्थापनासँगै अझै थप संस्कृति सभ्यता संरक्षण गर्न सक्षम हुने धारणा राख्नु भयो भने स्थानीय जनप्रतिनिधी उपेन्द्र सुवालले गाईजात्रा जस्तै नगरका साँस्कृतिक वर्ष, जात्राहरुलाई व्यवस्थित रुपमा सञ्चालन गर्न नगरपालिकाले आह्वान गर्दै आएको उल्लेख गर्दै उहाँले विक्रृति रहित सभ्य रुपमा पर्व मनाउन आग्रह गर्नु भयो । भक्तपुरका विद्यार्थीहरुलाई सहुलियत पूर्ण शैक्षिक ऋण र छात्रवृद्धि दिएर उच्च शिक्षा हासिल गर्न नगरपालिकाले सहयोग गर्दै आएको बताउँनु भयो । नेपाल चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य रोशन भ्योद्यले मुक्ति संगीतबाट प्रशिक्षण पाएका कलाकारहरुबाट देश विदेशका पाहुनाहरुलाई देवी नाँच लगायत विभिन्न साँस्कृतिक झाँकीहरुबाट स्वागत गर्न पाएकोमा खुसी व्यक्त गर्नु  भयो ।  नयाँ पुस्तालाई पुख्यौली कला प्रशिक्षणमा अझ महिला अग्रसर हुनु गौरवको विषय भएको भन्दै यस्तो खालको प्रशिक्षण निरन्तर हुनुपर्नेमा जोड दिनु भयो । मुक्ति सगीत प्रशिक्षण केन्द्रका संस्थापक मुक्ति सुन्दर जधारीको जन्म दिनको अवसरमा आयोजित सो कार्यक्रम रोशिका जधारीको सभापतित्वमा सम्पन्न भएको थियो भने सो अवसरमा रोशिक जधारीले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।