फौजदारी कानून र फौजदारी न्याय सम्बन्धि पुस्तक सार्वजनिकीकरण
भक्तपुर, श्रावण २४ गते
देशको कानून पढेका राजनैतिक कार्यकर्ताहरुले मात्रै जनताको सेवा थप गर्न सक्ने भन्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे र वरिष्ठ अधिबक्ता कृष्णप्रसाद भण्डारी सहितका अतिथीहरुले फौजदारी कानून र फौजदारी न्याय सम्बन्धि पुस्तक सामूहिक रुपमा सनिबार भक्तपुरमा विमोचन गरेको छ । प्रा.डा. रजितभक्त प्रधानाङ्ग र सोमकान्त भण्डारीका लेखहरुको सँगालोलाई पैरवी बुक हाउस प्रा.लि.ले प्रकाशन गरेको सो पुस्तक सार्वजनिकीकरण गदैै अध्यक्ष विजुक्छेले भक्तपुरका नेवार समुदायले नेपाली भाषा नबुझ्दा २०४५ सालमा धेरै दुःख पाएको उल्लेख गर्दै राजनैतिक कार्यकर्ताहरुलाई कानून अध्ययन अभियान सञ्चालन गर्न आवश्यक भएको बताउनु भयो । उहाँले देशको शिक्षा निति विद्यार्थी पास मात्र गर्ने र विदेशी पूँजीको सेवा गर्ने खालका मात्र भएको टिप्पणी भयो । कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, फौजदारी कानूनका विज्ञ, लेखक एवं वरिष्ठ अधिबक्ता प्रा.डा. रजितभक्त प्रधानाङ्ग, सर्वोच्च अदालतका न्यायधीश मेघराज पोखरेल, अध्यता रेवतीराज त्रिपाठी, भक्तपुर जिल्ला अदालतका मुख्य न्यायधीस बासुदेव न्यौपाने, नेपाल बार एशोसियनका अध्यक्ष विजयप्रसाद मिश्र, पुस्तकका प्रकाशक पैरवी बुक हाउसका अध्यक्ष अधिवक्ता चन्द्र शिवाकोती सहितका अतिथिहरुले शनिबार सार्वजनिक फौजदारी कानून र फौजादारी न्याय सम्बन्धि पुस्तक माथि समीक्षा गर्दै विद्यमान कानूनी अभ्यास र समस्या एवं चुनौति र व्यथिठिहरुका बारे समेत चर्चा गरेका थिए । ख्वप इन्जिनियरिङ्ग कलेज भक्तपुरको सहभाहलमा आयोजित सो कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको सभापतित्वमा भएको थियो । सो कार्यत्रक्रममा उपप्रमुख रजनी जोशी, आयोजक ख्वप कलेज अफ लका प्रचार्य अनिता जधारी र भनपा ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नु भएको थियो ।














