भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगिता सुरु

भक्तपुरमा खुल्ला गुँला बाजा प्रतियोगिता सुरु
भक्तपुर । २०८१ वैशाख २२ गते
‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ भन्ने नाराका साथ शनिबार भक्तपुर नपा वडा नं. १ को भार्वाचो (कुथुबही) मा खुल्ला गुँला बाजा प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गर्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले पुर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति भन्ने मूल नाराका साथ भक्तपुर नपाले बौद्ध धर्मसँग जोडिएको गुँला बाजा प्रतियोगिता आयोजना गरेको र प्रतियोगितामा विभिन्न बाजा खलःहरुको उत्साहपूर्वक सहभागिता रहेको बताउनुभयो ।


भक्तपुर नपाले यहाँको कला र संस्कृति नयाँ पुस्तामा पुस्तान्तरण गर्न  विद्यालयस्तरबाट स्थानीय पाठ्यक्रममा विद्यार्थीहरुलाई अध्ययन अध्यापन गराउँदै आएको बताउँदै उहाँले सांस्कृतिक गुरुहरुको सम्मान पनि नपाले विशष जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो भने उद्घाटन कार्यक्रममा दत्तात्रय नौबाजा खलःको तर्फबाट नौ बाजा प्रस्तुत गरिएको थियो ।
प्रतियोगिता सुरु हुनु अगाडि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीको नेतृत्वमा खुल्ला गुँला बाजा प्रतियोगिताको उद्घाटन ¥याली भनपा ५ टौमढीबाट सुरु भई नासमना, वंशगोपाल, तेखापुखु, इँटाछेँ, नःपुखु हुँदै भार्वाचो (कुथुबही) मा पुगी सभामा परिणत भएको थियो ।
¥याली सुरु हुनुअघि भनपा–९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले प्रतियोगिताको आयोजनाको उद्देश्यबारे चर्चा गर्नुभयो । गुँला बाजा प्रतियोगितामा नगरभित्रका २६ वटा बाजा टोलीले भाग लिएका थिए ।
खुल्ला गुँला बाजा प्रतियोगितामा सहभागी बाजा समूह निम्नानुसार रहेका छन् ः
१. श्री विश्वकर्मा गुँला बाजँ खलः, (क्वाठण्डौ, भ.न.पा १०)
२. चारुमती गुँला बाजं खलः, (चाबही येँ)
३. चस्वांद्वँ मानन्धर सनाःगू खलः, (चस्वांद्वँ येँ, वडा नं. १९)
४. क्वनेया गुँला बाजँ सञ्चालन तथा व्यवस्थापन समिति, (तेखाचो भ.न.पा ३)
५. साः क्वलाँ गुँला धलं ङक नौ बाजा, (साकोलान भ.न.पा ९)
६. सिद्धार्थ धाँ बाजँ खलः, (गोदावरी नपा १४, वाडे गाउँ)
७. असं बाजँ गुथि, (असन, कामनपा)
८. केशचन्द्र गुँला बाजँ खलः, (इतुंबहाः येँ, वडा नं. २४)
९. सक्व बज्राचार्य संघ, (शंखरापुर, साँखु)
१०. वाँख्यो दाफा भजन खलः, (बनेपा न.पा. वडा नं. ८)
११. हिरण्य वर्ण महाविहार दफा भजन खलः, (यलः नागबहाल)
१२. न्यागः मणी फेदि मानन्धर गुठी, (ल्हुती, बालाजु)
१३. श्री छत्रपाल महाभैरव मंका खलः, (महालक्ष्मी न.पा, वडा नं. ८ लुभू)
१४. प्रजापति गुँला बाजा, (मध्यपुर थिमि)
१५. ॐ बहाः गुँला बाजँ खलः, (ओमवहाः यैँ, वडा नं. २३)
१६. लायकूसाः मानन्धर समाज, (झोछेँ, कामनपा २३)
१७. दिपङ्कर गुँला बाजा खलः भोँट, (बनेपा न.पा. वडा नं. ७)
१८. जय बागेश्वरी धाँ बाजा खलः, (जयबागेश्वरी येँ वडा नं. ८)
१९. जनवहाः गुंला वाजं, कसा तःधँ गुथि, (कसाः ख्यः, डल्लु)
२०. ङत तुलाधर गुँला बाजं खलः, (बुराँख्यो येँ, नरदेवी)
२१. पन्ति गुँला बाजँ खलः, (पनौती)
२२. थिमि गुँला बाजा खलः, (म.थि.न.पा वडा नं. ५)
२३. ईन्द्रवर्ण (बर्त) महाविहार गुँला बाजा खलः, (इनाचो, भ.न.पा ७)
२४. पाक्व पुखुद्याँ मानन्धर सनाः खलः, (पाको येँ, वडा नं. २२)
२५. थँहिति मानन्धर गुथि, (थँहिति कामनपा १७)
२६. अतिथि प्रस्तुतीः सनस्टार धाँ बाजा खलः , (चिथु—१०, कीर्तिपुर)