काठमाडौंको चन्द्रागिरि नगरपालिकास्थित मच्छेगाउँमा खेलकुदका विभिन्न विधाका विजेताहरूलाई सम्मान र दीक्षित गरिएको छ । नरहरिपुर शाखा कराते डोजोले चन्द्रागिरिको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा उपाधि जितेका खेलाडीहरूलाई सम्मान तथा डोजोमा भएको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई दीक्षित गरिएको हो । सम्मानित हुनेहरु मध्ये क्ल्याप पुल–अपमा गिनिज वल्र्ड रेकर्ड कायम गर्ने सुनिल खड्का, १३ औं सागमा कराते कातामा स्वर्ण पदक जितेका प्रवीण मानन्धर, ८ औं दक्षिण एसियाली खेलकुद र भुटानमा भएको खेलकुदमा दोहोरो स्वर्ण पदक जितेका स्वनिम मानन्धर हुन् । यसैबीच, सञ्जु देशार, मनिष कार्की, सिर्जना महतरा, अमृत थोकर, प्रथम मानन्धर र मानबहादुर किङरिङलाई चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरिले सम्मान गरेका थिए । सगरमाथा सफलतापूर्वक आरोहण गरेका डोजो खेलाडी विधान श्रेष्ठलाई पनि समारोहमा सम्मान गरिएको थियो । १२ विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मच्छेगाउँको नरहरिपुर डोजोमा दीक्षित गरिएको थियो । कार्यक्रममा बोल्दै मेयर गिरिले नरहरिपुर डोजोले उत्पादन गरेका खेलाडीहरूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम कमाएकोमा धन्यवाद दिँदै डोजो सुधार गर्न आफू सहयोग गर्न तयार रहेको बताए । उनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नगरपालिकाको शिक्षा तथा खेलकुद शाखा मार्फत खेलाडीहरूलाई प्रोत्साहन भत्ता प्रदान गर्न खेलकुद ऐनसँगै कार्यविधि र नियमावली बनाउन सकिने बताए । खेलकुद क्षेत्रको विकास गर्न कभर्ड हल निर्माणमा सहयोग गर्ने आश्वासन पनि दिए । प्रमुख प्रशिक्षक रविन्द्र मानन्धरले प्रशिक्षण दिएका खेलाडीहरुलाई गरिएको सम्मान र दीक्षान्त समारोह डोजोका अध्यक्ष सानुभाइ थापा मगरको अध्यक्षतामा भएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













