लागू औषध सहित मध्यपुरबाट ४ जना पक्राउ

लागू औषध सहित मध्यपुरबाट ४ जना पक्राउ
मध्यपुर थिमी, भक्तपुर, जेष्ठ २५ गते
जिल्ला प्रहरी परिसर भक्तपुरले लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नं. ९राधेराधे स्थित क्रिशल घिमिरेको शरीर खानतलासी गर्दा ट्रमाडोल क्याप्सुल ६ थान र लागु औषध पोल्याण्ड गाँजा जस्तो देखिने पदार्थ ७ ग्राम ६५० मिलिग्राम फेला पारेपछि प्रहरी वृत्त थिमीले प्रारम्भिक सोधपुच्छकोक्रममा मध्यपुरथिमीको गठ्ठाघर डोलस्थित कुमारी तामाङको खाजा पसलबाट गरिद गर्ने गरेको खुल्न आएपछि तामाङ सहित ४ जनालाई नियन्त्रणमा लिएको प्रहरीका सूचना अधिकारी ढुण्डीराज नेउपानेले जनाएको छ । लागु औषध, नगद तथा जिन्सी सामान सहित प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरी टोली पक्राउ गरेको व्यक्तिहरुलाई जिल्ला अदातल भक्तपुरबाट लागु औषध सम्बन्धि कसुरमा ६ दिन म्याद थप भई अनुसन्धान कार्य भरहेको जनाएको छ ।
यसरी पक्राउ पर्नेहरुमा गठ्ठाघर बस्ने ४१ वर्षकी कुमारी तामाङ, ३२ वर्षका क्रिशल घिमिरे, २५ वर्षका प्रविन उप्रेती, २२ वर्षका विष्णु बानियाँ रहेका छन् । तिनीहरुबाट ट्रमाडोल लेखिएको १०९ क्याप्सुल, लागु औषध पोल्याण्ड गाँजा ११ ग्राम ७५० ग्राम, नेपाली नगर रु ५२ हजार ४ सय ७० रुपियाँ, मोबाईल थान ४ प्रहरीले बरामद गरेको सूचना अधिकारी नेउपानेले जनाएको छ ।