७२ लाख बराबरको भन्सार चोरी पैठारी सामाग्री बरामद
भक्तपुर, बैशाख २८ गते
जिल्ला प्रहरी परिसर भक्तपुरले भन्सार चोरी पैठारी गरेर ल्याएको भन्दै ७२ लाख बराबरको सामग्रीहरुलाई आज जगातीबाट नियन्त्रणमा लिएको छ । जगाती स्थित चेक प्वाइन्टमा साँगाबाट काठमाण्डौ तर्फ गईरहेको टाटा कम्पनीको एक ट्रकमा भन्सार छली चोरी पैठारी गरी ल्याएको छ भन्ने सूचनाको आधारमा प्रहरीले अनुसन्धान गर्दा बा ४ ख. ७६० नम्बरको ट्रकमा परालको भुस लोड गरी भुसमुनि पट्टी भन्सार चोरी पैठारी गरी ल्याएको कुर्ता, सुरुवाल, धाराको पार्टपूर्जा लगायतका अन्दाजी मुल्य रु.७२ लाख रुपैँया बराबरको सामग्री नियन्त्रणमा लिएको प्रहरीका सूचना अधिकारी ढुण्डीराज नेउपानेले जनाएको छ ।
सो घटना बारे थप अनुसन्धानकालागि चालक दोलखा कालिन्चोक घर भएको वर्ष ४७ का लक्ष्मण थामी र सवारी साधन सहित नियन्त्रणमा लिएको सूचना अधिकारी नेउपानेले जनाएको छ ।



सो अवसरमा बरामद गरिएको सामग्रीहरु
१। कुर्ता सुरुवाल – ३८८७ थान,
२। पाइन्टको कपडा – ३२ रोल,
३। सर्ट – ३५६ पिस,
४। सर्टको कपडा – २८० रोल,
५। ब्लाउज – १८७५ पिस,
६। पर्दाको कपडा – ९९ रोल,
७। साडी – १५९ पिस,
८। धाराको पार्टपुर्जा – ३९८ पिस,














