प्रथम राष्ट्रव्यापी किक बक्सिङ प्रतियोगिताको खेलाडी दर्ता तथा तौल जाँच एवं वर्गीकरण कार्य भोली र पर्सि हुने
भक्तपुर, बैशाख १६ गते
प्रथम राष्ट्रव्यापी किक बक्सिङ प्रतियोगिताको खेलाडी दर्ता तथा तौल जाँच एवं वर्गीकरण कार्य भोली र पर्सि हुने भएको छ । यही बैशाख १९ र २० गते जगातीस्थित चाईनिज ईट्टा उद्योगको एक हलमा आयोजना हुन गई रहेको सो प्रतियोगिताको तयारी स्वरुप खेल खेलाउन रिङ्ग सेटिको कार्यसँगै खेलाडीहरुको नाम दर्ता र तौल जाँच एवं ं वर्गीकरण कार्य बैशाख १७ र १८ गते हुने आयोजक समितिका अध्यक्ष कृष्णराम जाकिबन्जारले जनाएको छ । देशका सातै प्रदेशबाट १२० भन्दा बढी खेलाडीहरुको सहभागितामा ११ विधामा हुने सो प्रतियोगिताका विजेताहरुलाई आकर्षण नगद पुरस्कारको पनि घोषणाको तयारी भएको उहाँले बताए । नगद पुरस्कार भोली साँझ सम्ममा हुने छ अध्यक्ष जाकिबन्जारले बताए ।
भक्तपुरमै पहिलोपटक आयोजना हुन गईरहेको राष्ट्रव्यापी किक बक्सिङ्ग प्रतियोगिताले खेलको विकास र खेलाडीलाई राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरको क्षमतावृद्धि गर्ने उदेश्य लिएको उहाँले बताए । जतिसुकै खेलाडी प्रतियोगितामा सहभागि भए पनि खेल अवधीभर खाने र बस्ने आयोजक समितिले ब्यवस्था गरेको उल्लेख गर्दै खेलाडीहरुलाई रु. २ लाखसम्मको विमाको पनि व्यवस्था रहेको बताए । किक बक्सिङ खेल आक्रामक र हिंस्रक देखिएपनि तालिम प्राप्त खेलाडीहरु बीच हुने भएकाले प्रतियोगिता अनुशासित र सयमित हुने उहाँले बताए ।
Featured Posts – Style 1
हृदयराेग प्रतिष्ठान ललितपुरले मनायाे ३३ अाैं वार्षिक स्थापना दिवस
2025-05-03 Comments Off on हृदयराेग प्रतिष्ठान ललितपुरले मनायाे ३३ अाैं वार्षिक स्थापना दिवस
हृदयराेग प्रतिष्ठान ललितपुरले मनायाे ३३ अाैं वार्षिक स्थापना दिवस- राजुराम मुनंकर्मीनेपाल हृदयराेग निवारण प्रतिष्ठान, ललितपुर शाखाले अाफ्नाे ३३ अाैं वार्षिक...
नगरपालिकाद्धारा निर्मित ट्राफिक सचेतना कक्षको उद्घाटन, ट्राफिक कार्यालय टेण्ड मुक्त
2025-05-02 Comments Off on नगरपालिकाद्धारा निर्मित ट्राफिक सचेतना कक्षको उद्घाटन, ट्राफिक कार्यालय टेण्ड मुक्त
नगरपालिकाद्धारा निर्मित ट्राफिक सचेतना कक्षको उद्घाटन, ट्राफिक कार्यालय टेण्ड मुक्तरमेश गिरीराष्ट्रिय समाचार समिति (रासस) ःभक्तपुर, १८ बैशाख ः ट्राफिक प्रहरी...
भक्तपुरमा जारी फुल कनट्याक्ट किक बक्सिङमा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडलिस्ट भिड्दै
2025-05-02 Comments Off on भक्तपुरमा जारी फुल कनट्याक्ट किक बक्सिङमा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडलिस्ट भिड्दै
भक्तपुरमा जारी फुल कनट्याक्ट किक बक्सिङमा ११ गोल्ड मेडलका लागि १३ गोल्ड मेडलिस्ट भिड्दै सन्जिब दुलाल भक्तपुर । भक्तपुरमा पहिलो...
अनलाईनमार्फत अन्तर्राष्ट्रिय श्रमिक दिवस मानाइयो ।
2025-05-01 Comments Off on अनलाईनमार्फत अन्तर्राष्ट्रिय श्रमिक दिवस मानाइयो ।
अनलाईनमार्फत अन्तर्राष्ट्रिय श्रमिक दिवस मानाइयो ।भक्तपुर, बैशाख १८ गतेआज १३६ औंं अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रमहरु गरी मनाइरहेको छ ।...
शेर्पा संघलाई शेर्पा किदुग संयुक्त मञ्चले बुझायो ज्ञापनपत्र
2025-05-01 Comments Off on शेर्पा संघलाई शेर्पा किदुग संयुक्त मञ्चले बुझायो ज्ञापनपत्र
शेर्पा संघलाई शेर्पा किदुग संयुक्त मञ्चले बुझायो ज्ञापनपत्र काठमाण्डौं, १८ वैशाख ः नेपाल शेर्पा किदुग संयुक्त मंचले नेपाल शेर्पा संघका...