भक्तपुरका साहित्यकार सायमी बुटबलमा सम्मानित

भक्तपुरका साहित्यकार सायमी बुटबलमा सम्मानित
बुटबल, बैशाख ११ गते
भक्तपुरका साहित्यकार तथा संस्कृतिविद् रत्न सायमीलाई जानकी देवी आध्यात्मिक साहित्य पुरस्कार २०८२ बाट सम्मानित गरेको छ । लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि.ले आज लोकतन्त्र दिवसको अवसरमा आयोजित नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान र १४ औ लुम्बिनी साहित्य पुरस्कार २०८२ तथा जानकी देवी आध्यात्मिक साहित्य पुरस्कार २०८२ समारोहको अवसरमा सायमी पुरस्कृत भएका हुन ।


रुपन्देही साकोसका अध्यक्ष बसन्त ढकालको प्रमुख आतिथ्यता, भूवनेश्वर भगवती मन्दिरका अध्यक्ष जीवनप्रसाद ओझाको विशेष आतिथ्यतामा भएको पुरस्कार वितरण समारोहमा साहित्यकार रत्न सायमीलाई जानकी देवी आध्यात्मिक साहित्य पुरस्कार र वरिष्ठ साहित्यकार प्रा.डा. हिरण्यलाल ज्ञवालीलाई लुम्बिनी साहित्य पुरस्कार २०८२बाट पुरस्कृत एवं सम्मानित गरेका हुन ।
जानकी देवी ट्रष्ट र लुम्बिनी साकोसका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रम साकोसको सभाहलमा बिहिबार आयोजना भएको थियो ।