एजे स्कूलका बालबालिकाहरु आज भए दिक्षित
भक्तपुर, चैत्र २६ गते
एजे स्कूल सूर्यविनायक भक्तपुरले प्रि स्कुलका बालबालिकाहरुलाई आज दिक्षित गरेका छन् । नानीबाबुहरुको प्रतिभा प्रस्तुती पश्चात संस्थागत विद्यालय संघ नेपाल (इसान)का अध्यक्ष प्रेमजन थापा श्रेष्ठले ति बालबालिकाहरुलाई दिक्षित गरेका हुन । विद्यालय प्राङ्गणमा आयोजित दिक्षान्त समारोहमा बालबालिकाहरुलाई जम्फुड खान नहुने, आमावुबालाई माया गर्नुपर्ने तथा आमाबुवाले पनि बालबालिकालाई यथोचित हेरचाह गर्नुपर्ने जस्तो सचेतनामूलक सन्देशका गीत संगित र नाटकहरुबाट बालबालिकाको मनोबल बढाउन र बालबालिकाहरुमा पठनशिप विकासकालागि समेत ससाना बालबालिकाहरुलाई मञ्चमा प्रस्तुत गर्दै दिक्षित गर्न योग्यता प्रदर्शनी गरेको थियो ।
कार्यक्रममा बोल्दै इसानका अध्यक्ष प्रेमजन थापा श्रेष्ठले कलिला बालबालिकाहरुकालागि दिक्षित गर्नु भनेको जीवनको शैक्षिक अध्यायको सुरुवात तथा शैक्षिक यात्राको सुरुवातको रुपमा बुझनुपर्ने बताएका छन् । दिक्षान्त समारोहलाई सामान्य कार्यक्रमको रुपमा मात्र नभई नानीवाबुहरुको सिकाई उपलब्धीको गर्व र आत्म विश्वासको भावना जगाउने दिनको रुपमा लिनुपर्नेमा जोड दिनु भयो । आमाले छोरी जमायो भने आमालाई नै दोष दिने समाजमा चलन रहेको चर्चा गर्दै उहाँले बास्तवमा छोरा जन्माउनेकी छोरी जन्मिने भन्नेमा आमाको भन्दा बुवाको भूमिका महत्वपूर्ण हुने बैज्ञानिक तथ्यहरुलाई प्रस्तुत गर्नु हुँदै उहाँले नानीबावुहरु दिक्षित भएपछि नानीबावुहरुको विद्यालय शिक्षाकालागि अभिभावकहरु थप चनाखो हुनुपर्नेमा जोड दिनु भयो ।
विद्यालयका प्रिन्सिपल कृष्णराम दुवालको सभापतित्वमा आयोजित सो समारोहमा सूर्यविनायक नगर शिक्षा शाखाका प्रमुख रत्नबहादुर कटुवालले दिक्षान्त समारोहले नानीबाबुहरुको व्यवहारमा आएको परिवर्तनसँगै त्यसलाई जाचेर, बुझेर दिक्षित गर्दा तिनीहरुको भविष्य उत्कृष्ठ बनाउने अभिभावकहरुको चाहना पनि पूरा हुने विश्वास व्यक्र गर्नु भयो भने शिक्षाकर्मी रमेश भुसालले खुसि र उत्साहको माहोलका बीच दिक्षान्त समारोह आयोजना भएको भन्दै उहाँले पूर्व प्रथमिक तहलाई धेरै जसो विद्यालयले खासै ध्यान नदिइरहेको बेला २१ औं शताब्दीको गुणस्तरीय शिक्षा दिन पूर्व प्राथमिक तह देखि नै तयारी गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद कुस्मा, सचालक सदस्य कृष्णमोहन सुवाल, शैक्षिक निर्देशक केबी प्रजापति समेतको आतिथ्यतमा भएको सो कार्यक्रममा अभिभावकहरुको तर्फबाट सृजना सुवेदी विद्यार्थी रञ्जना शाही ठकुरीले पनि मन्तव्य राखेका थिए ।













