भक्तपुर दरवार क्षेत्रमा मनाइयो, आज आठौं नेवाः दिवस
भक्तपुर, चैत्र २२ गते
हलिं नेवा दबुले आज आठौ नेवाः दिवस मनाएको छ । भक्तपुरको ऐतिहासिक दरवार क्षेत्रमा आयोजना गरेको सो दिवसको अवसरमा नेवाःसमुदायका विभिन्न विदामा योगदान गर्ने महानुभावहरुलाई सम्मानति गर्दै आठौ नेवाः दिवस मनाएको हो । हरेक वर्ष मार्चको अन्तिम शनिबार मनाउँदै आएको नेवाः दिवस यस वर्ष चैत्र १५को तीनकुने घटनाका कारण स्थगित भएको थियो । नेवाः दे दबुका अध्यक्ष प्रवित्रा बज्राचायले साँस्कृतिक वाजासहित पानसमा दिप प्रज्वलन गरी दिवसको उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा नेवाः समुदायको चर्चित घिन्तांघिसि नाच, देवी नाच, मध्युर थिमीको पुलुकिसी नाच, धिम्या बाजा सहित विभिन्न साँस्कृतिक झांकीहरुको प्रस्तुतीसँगै नेपाल भाषाका १८ जना विषयविज्ञहरुलाई सम्मानित गर्दै ४ जनालाई विशेष सम्मान प्रदान गरेको थियो ।


हलिं नेवा दबु, नेपाः देय् मूकवःका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठको सभापतित्वमा आयोजित सो कार्यक्रममा वरिष्ठ गायक सत्यनारायण प्रजापतिलाई नगद रु.१५ हजार सहित रमेश ताम्राकार स्मृति पुरस्कार प्रदान गरेको थियो । यसै गरी यस वर्षदेखि सांगीतिक क्षेत्रमा विशेष योगदान दिने व्यक्तित्वलाई नगद रु १० हजार सहित संस्थाका महासचिव कस्तुरी श्रेष्ठको परिवारले स्थापना गरेको जयराम श्रेष्ठ स्मृति पुरस्कार वरिष्ठ गायिका तीर्थ कुमारीलाई प्रदान गरिएको थियो भने सो अवसरमा साँस्कृतिक गुरु पञ्चलाल लासिमस्यु, इन्दिरा लासिमस्यु, गायिकका सानुमैया ताम्राकार, समाजसेवी डा.विजय सैंजू, साहित्यकार शौरभ शाक्य, पर्यटन सम्मान मरोपरान्त अम्विका श्रेष्ठ, पुरातत्वविज्ञ शोभाग्य प्रधानांग, स्वास्थ्य क्षेत्रबाट डा. अरुण सायमी सहित १८ जना व्यक्तित्वहरुलाई सम्मानित गरेको थियो ।












