मध्यपुरको राधेराधेमा भोली देखि महायज्ञ हुने
मध्यपुर, चैत्र २० गते
मध्यपुर थिमीको राधे राधेमा भोलि देखि श्रीमद् भागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ २०८१ हुने भएको छ । सडक मानव मुक्त अभियान सञ्चालन गर्दै आएको मानव कल्याण समाजले महायज्ञ आयोजना गर्ने तयारी पूरा गरेको भन्दै आज पत्रकार सम्मेलन गरेको छ । धन भएर मात्र मानिस धनि नहुने र गरिव भएर सडक मानव हुन नपर्ने चर्चा गर्दै समजका संस्थापक अध्यक्ष सुमी मानवले बेसाहारा मानवका लागि आश्रय स्थल निर्माणार्थ सो महायज्ञ गर्ने भएको भन्दै भक्तजनहरुको सहयोगलाई पारदर्शि र मितव्यपी रुपमा खर्च व्यवस्थापन गर्दै आश्रम निर्माण गर्ने अठोत गरेकी छिन् । आफैले भागवत वाचन गर्दा खर्च पनि कम लाग्ने र भक्तजनको क्षमता अनुसारको मानविय सहयोगबाट नै आश्रम बनाउन पर्याप्त सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मानिसमा सहयोगको भावना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । श्रीमद् भागवत धार्मिक अनुष्ठान मात्र नभई मानव मानव वीच मानविय भावना जगाउने अभियान भएको चर्चा गर्दै उहाँले ३ महिने बालिका देखि ९० वर्षका जेष्ठ नागरिकका सहभागितामा महायज्ञ गर्ने बताएका छन् । काठमाण्डौ भक्तपुर र ललितपुरमा समेत बेवारिसे अवस्थाका सडक मानिसका लागि आश्रय दिदै आएको समाजले हाल ६ ठाउँबाट सेवा दिदै आएको छ । भक्तपुरबाट २०७४ साल देखि सडक मानव व्यवस्थापन अभियान सुरु गरेको समाजको सेवा केन्द्रहरुमा हाल ५०३ जना आश्रय लिइ आएका छन्। महायज्ञ भोलिविहान ७ बजे देखि साँस्कृतिक झाँकी सहित मध्यपुर थिमीको राधेराधेस्ति यातायात कार्यालय छेउमा आयोजनाको तयारी भएको महायज्ञ मूल आयोजक समतिका संयोजक गोपीकृष्ण न्यौपानेले जनाएको छ ।

प्रेस विज्ञप्ति
वि।स २०७२ सालको भुकम्पपछि काठमाडौं, भक्तपुर र ललितपुरको सडकहरुमा यत्रतत्र बेवारिसे अवस्थामा मानवहरु धेरै भेटिए । त्यस समयमा युवाहरुको टोलीले सडक बेसाहराहरुकोलागी काम गर्ने जमर्को गर्यो। युवाहरुले विभिन्न संघसंस्थाहरुसंग समन्वय गरेर बेवारिसे अवस्थाका सडक मानवहरुलाई सडकमै खाना खुवाउने, सरसफाई गरिदिने अभियान सुरु भयो । काठमाडौं, ललितपुर र भक्तपुरलाई केन्द्रित गरेर काम सुरु गर्दै गर्दा भक्तपुरमा मानव सेवाका लागि संघसस्थाहरु नभएको जानकारी भएपछि ती युवा समूहले योजना बनाएर स्थापना गरेको संस्था हो मानव कल्याण समाज । वि। सं २०७४ सालबाट सेवा सुरु गरेको मानव कल्याण समाजले २०७५ वैशाखमा संस्था दर्ता गरेर काम गरेको हो ।
शिरदेखि पाउसम्म जुसै–जुम्रा, जट्टा परेको कपाल, लट्टा परेको दाह्री, लामा–लामा नडग्रा, गोडामा चप्पल छैन, शरीरमा लगाएको कपडामा कस्तो बुट्टा र कस्तो रङ्ग भनेर छुट्याउन नसकिने, शरीर मरी घाउ खटिरा र किरा परेको अवस्थाबाट बेवारिसे सडक मानवहरुलाई सडकबाट नै उद्धार गर्ने, सम्भव भएसम्म परिवारको खोजी गरि परिवारमा पुनर्मिलन गराउने र परिवार नभेटिएको खण्डमा सेवा घरमा नै खाना, नाना, छाना, स्वास्थ्य, शिक्षा र सुरक्षाको व्यवस्था गर्ने उद्देश्यकासाथ मानव कल्याण समाजको स्थापना भएको हो ।
सेवा घरले भक्तपुरबाट केन्द्रीय कार्यालय सञ्चालन गरेको छ भने देशभर ६ स्थानबाट सेवा घर सञ्चालन गरेको छ। जसमा ५ सय ३ जना व्यक्तिहरुले सेवा पाईरहेका छन्। काठमाडौ पशुपति क्षेत्र, भक्तपुर झौखेल, काभ्रेको धुलिखेल र पनौति, बाराको निजगढ र दाङको नारायणपुरमा सेवा घर स्थापना गरेर सेवा प्रवाह गरिरहेको छ । हाल सेवा घर भक्तपुर शाखामा ४२ जना बेवारिसे सडक मानवले सेवा पाइरहनुभएको छ। जसमा ६ महिनाको बालिकादेखि ९० यर्षसम्मको वृद्धहरु हुनुहुन्छ। जसमा १ जना बालिका र २ जना बालकहरु गरी ३ जना छन् । यस्तै १९ जना पुरुष र २० महिला रहनुभएको छ। उहाँहरु मनोरोगी ९मनोसामाजिक समस्याले ग्रस्त०, अपाङ्गता भएका र सुस्तमनस्थिति लगायत विभिन्न रोगले ग्रस्त हुनुहुन्छ। उहाँहरुको प्रभावकारी सेवाको लागि हालसम्म नेपाली मात्रले गरेको मुठिदानबाट मात्र सञ्चालन भैरहेको र सेवा घरको दिगो व्यवस्थापनको लागि आर्थिक स्रोत जुटाउन र भवन नीर्माण गर्न आवस्यक भएको हुँदा यस ज्ञान–विज्ञान महायज्ञको परिकल्पना गरिएको हो। आजको दिनसम्ममा महायज्ञको सम्पूर्ण तयारी पुरा भएको हुदाँ भोलीदेखि शुभारम्भ हुने यस महायज्ञलाई अपनत्व प्रदान गरिदिनु हुन र यहांको तर्फबाट हुननसक्ने साथ र सहयोगको लागि हार्दिक अपिल गर्दछौ ।
यस श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञमा यहांहरु सबैलाई आर्थिक सहयोग गरेर वा सहयोग जुटाईदिएर साथ दिनुहुन अनुरोध गर्दछौं । आफ्नो जन्मोत्सव, बिवाह उत्सव, व्रतबन्ध, चौरासी, गुन्युचोली, पितृहरुको सम्झना वा यस्तै विशेष पलहरुमा सेवा घरमा एकछाक भोजन वा कुनै विषयगत सेवा गरिदिएर पनि सहयोग गर्न सक्नुहुन्छ । यस महायज्ञमा यहांहरुको उपस्थितिले पनि हामीलाई उर्जा थप्ने छ। यस महायज्ञको प्रचारप्रसार गरेर सम्पूर्ण सहयोगी मनहरुसम्म सुचना प्रवाह गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
महायज्ञका प्रमुख उद्देश्यहरू
बेवारिसे मानवहरूको उद्धार र पुनस्थापना
उनीहरूको स्वास्थ्य उपचार, काउन्सिलिङ तथा पुनर्मिलनको प्रक्रिया
स्थायी रूपमा जग्गा खरिद तथा भवन निर्माण गरी उनीहरूको दिगो व्यवस्थापन
हामी सम्पूर्ण स्वदेश तथा विदेशमा रहनुहुने नेपाली समुदायको सहयोग र सहभागिताको अपेक्षा गर्दछौ। यो महायज्ञ केवल धार्मिक कार्य मात्र नभई मानवीय सेवाको महान अभियान समेत हो। त्यसैले, हामी सबै मिलेर असहाय सडक मानवहरूका लागि सुरक्षित जीवनको आधारशीला निर्माण गर्न पहल गरौ भन्ने पनि अनुरोध गर्दछु ।
महायज्ञको विवरणः
महायज्ञ आयोजना मितिः २०८१ चैत्र २१ चैत्र २७ गतेसम्म
स्थानः मध्यपुर थिमी न। पा। वडा नं ५, राधेराधे, भक्तपुर
९यातायात कार्यालयसँगै०
कथा वाचकः देवी सुमी मानवज्यू
९संस्थापक अध्यक्ष, मानव कल्याण समाज०
गोपीकृष्ण न्यौपाने
संयोजक महायज्ञ मूल आयोजक समिति












