नेमकिपाको ८ औं महाधिवेशन सुरु, देश र जनताको निःस्वार्थ सेवा गर्न नयाँ पुस्तालाई उत्साहित पार्नुपर्नेमा अध्यक्ष विजुक्छेको जोड

नेमकिपाको ८ औं महाधिवेशन सुरु, देश र जनताको निःस्वार्थ सेवा गर्न नयाँ पुस्तालाई उत्साहित पार्नुपर्नेमा अध्यक्ष विजुक्छेको जोड
भक्तपुर, फाल्गुण १६
नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशन आजबाट सुरु भएको छ । सल्लाधारीको खुल्ला चौरमा भएको एक विशाल सभामा नेमकिपा संस्थापक अध्यक्ष नारायणमान विजुक्छेले पानसमा दिप प्रज्वलन गर्दै आज आठौं महाधिवेशनको उद्घाटन गरेका हुन । आज देखि फाल्गुण १९ गतेसम्म हुने महाधिवेशनमा सम्बोधन गर्नु हुँदै अध्यक्ष विजुक्छेले नेमकिपा देश र जनताको निःस्वार्थ सेवा गर्न स्थापना भएको पार्टी भएको भन्दै सोही अनुसार काम गर्न देशभरबाट आएका नेता कार्यकर्ताहरुलाई अध्यक्ष विजुक्छेले आग्रह गर्नु भयो । उहाँले भन्नु भयो नयाँ पुस्तालाई देश र जनताको निःस्वार्थ सेवा गर्न उत्साहित गर्नु पर्छ र नयाँ क्रान्तिकालागि तयारी गर्नु पर्छ । सबै भाषा भाषि र संस्कृति देशको निधि भएको भन्दै अध्यक्ष विजुक्छेले सबैको सम्मानता लागि समाजवादी प्रचार अभियानमा नेमकिपा लागेको बताउँदै स्थानीय तहलाई स्वायत बनाउनुपर्नेमा जोड दिदै सैद्धान्तिक संघषलाई अगाडी ल्याउनुपर्ने बताउनु भयोे ।


खर्वौ ऋणको व्याजको ख्याज तिर्न नसक्ने बनाएर विदेशीपूँजीले सरकारलाई फसाइ रहेको उल्लेख गर्दै सत्ताधारी दलहरुलाई समयले कथघरमा उभाउने बताउनु भयो । ३ प्रतिशत मत सिमा राखेर राष्ट्रिय पार्टीबाट बन्चित पार्नु गलत भएको भन्दै अध्यक्ष विजुक्छेले सबै जातजाती र भाषा भाषि, संस्कृति र सभ्यता नै सबैको राष्ट्र भएको बताउनु भयो ।
राजनैतिक पार्टिहरुले आआफ्नो वर्गको संस्कृति रक्षाका लागि जुत्नुपर्ने चर्चा गर्दै अध्यक्ष विजुक्छेले हामीलाई गिज्याइरहने पार्टीहरु नेमकिपा देखि छतपटाई रहेको उल्लेख गर्दै अध्यक्ष विजुक्छे सत्तसिन दलहरुले देशलाई लठालिग पारेकोले देश विकास गर्न स्थानिय तहलाई स्वायत बनाउनुपर्नेमा जोड दिनु भयो ।

कर्यक्रममा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवाल, केन्द्रिय सुनिल प्रजापति, अनुराधा थापा मगर, सृजना सैंजू,नारायण महर्जन, बजिरसिंह बिक, नन्दबहादुर शाही, दिल्लिप्रसाद काफ्ले, जगेबहादुर शाही नवराज कोइराला सहितका नेताहरुले नेमकिपाको स्थापनाको सैद्धान्तिक पक्षहरुको चर्चा गर्दै नेमकिपा निरन्तर देश र जनताको पक्षमा रहेको भन्दै नेमकिपाले सडक देखि सदनसम्म खेल्दै आएको भूमिकाहरु बारे चर्चा गरेको थियो ।
काठमाण्डौको कोटेश्वर, भक्तपुरको लान्चा फल्चा, ताथली, पिखेल, सूर्यविनायक, मध्यपुरको बोडेबाट र्याली गरी भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा नेमकिपाको ८ औं महाधिवेशनको आज उद्घाटन सभा भएको थियो । सो कार्यक्रममा विभिन्न भाषा भाषिका जनचेतनामूलक गीत एवं नाँचहरु पनि प्रस्तुत गरेको थियो ।
आठौं अधिवेशन समारोहको भिडियो