नेमकिपाको ८ औं महाधिवेशन भोलीबाट सुरु हुने, देशभरबाट नेता कार्यकर्ता एवं शुभचिन्तकहरु आउनेक्रम जारी

नेमकिपाको ८ औं महाधिवेशन भोलीबाट सुरु हुने, देशभरबाट नेता कार्यकर्ता एवं शुभचिन्तकहरु आउनेक्रम जारी
भक्तपुर, फाल्गुण १५ गते
नेपाल मजदुर किसान पार्टीको ८ औं महाधिवेशन भक्तपुरमा भोलीबाट सुरु हुन्दै छ । फाल्गुण १६ गते देखि १९ गतेसम्म आयोजना हुने सो पार्टीको ८ औं अधिवेशन सफल पार्न देशका विभिन्न ठाउंबाट भक्तपुर आउनेक्रम जारी छ । महाधिवेशनको समुदघाटनकालागि विभिन्न ६ ठाउँबाट र्याली आउने आयोजकले जनाएको छ । भक्तपुरको कमलविनायकस्थित लान्चा फल्चा, ताथली, पिखेल, यसै गरी सूर्यविनायक, मध्यपुर थिमीको बोडे साथै कोटेश्वरबाट पनि विशाल र्याली गर्दै भक्तपुर नगरको सल्लाघारी स्थित खुल्ला चौरमा पुगेर अधिवेशनको समुद्घाटन कार्यक्रम हुने छ । दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम अनुसार विहान १० बजेदेखि र्याली आयोजना हुने आयोजक समितिले जनाएको छ ।

देश र जनताको निःस्वार्थरुपमा सेवा गरौं, समाजवादी आचरणलाई व्यवहारमा लागु गरौं, संसारका सबै क्रान्तिहरुबाट सिकौं, नेपाल मजदुर किसान पार्टीको आठौं महाधिवेशन सफल पारौं । मूल नाराका साथ महाधिवेशनको अन्तिम तयारीमा रहेको छ । आज भन्दा ५१ वर्ष अघि स्थापना भएको नेमकिपाले नेपालको कम्युनिष्ट आन्दोलन भित्र देखापरेका खोटा विचारहरुको खण्डन गर्दै आएको छ । नेपालको राजनीतिक आन्दोलनमा नेमकिपाले प्रकाशस्तम्भको भूमिका निर्वाह गर्दै आएको महादिवेशनको अवसरमा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । नेमकिपा निरन्तर देश र जनताको पक्षमा महोहियानी हक सुरक्षा आन्दोलन देखि भ्रष्टाचारविरोधी आन्दोलनसम्म, गुठी जग्गा रैकर गराउने आन्दोलनसम्म नेमकिपाले शोषित पीडित जनताको सेवा गर्दै आएको उल्लेख गर्दै भारतीय विस्तारवादले नेपालको नवलपरासी जिल्लाको सुस्तामा गरेको अतिक्रमणविरुद्ध नेमकिपाले देशमा पहिलो सडक संघर्ष गरेको थियो ।
जनताको प्रजातन्त्रका लागि समाजवादी प्रचार अभियानमा लागेको नेमकिपाले सडक देखि संसदसम्म शोषण, असमानता, हिंसा र युद्धको कारक साम्राज्यवाद भएको भन्दै नेपाली युवालाई भाडाको सिपाही बनाउने सन् १९४७ को गोर्खा भर्ती केन्द्र र नेपालको सुरक्षा मामिला भारतको नियन्त्रणमा राख्ने सन् १९५० को सधि खारेजीकोलागि पार्टीले निरन्तर आवाज उठाउँदै आएको छ ।
महाधिवेशन सफल पार्न देशका विभिन्न क्षेत्रबाट भक्तपुर आउनेक्रम जारी छ । महाधिवेशनमा आमन्त्रण गर्न भक्तपुर नगरमा आज साँझ सुकुण्डा र्याली एवं बाजा र्याली आयोजना गरेको छ ।