जवाफदेहिताकालागि राससले प्रतिपक्षको भूमिका खेल्नुपर्ने !
काठमाण्डौ, माघ २९ गते
राष्ट्रिय समाचार समितिले आफ्नो समाचार सेवाको गुणस्तर र प्रभावकारिताका बारेमा अर्धवार्षिक समीक्षा गरेको छ । रासस सभाहलमा आज आयोजित अन्तरक्रियामा बोल्दै राससका अध्यक्ष धर्मेन्द्र झाले देशभरका सञ्चार माध्यमहरुको विकास गर्न राससले आफ्नो गुणस्तरीय र प्रभावकारी समाचार सेवा विस्तार गर्न चाहेको उल्लेख गर्दै अहिले दिदै आएको सेवा बारे सेवाग्रहीहरुसँग नियमित छलफल गर्दै आएको बताउनु भयो ।


अहिलेसम्म ५ पटक अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरिसकेको जनाउँदै अध्यक्ष झाले राससको समाचार थप विश्वसनिय बनाउन प्रमाण पुष्टिकरण प्रकृयाका कारण अलि धिलामात्र संप्रेशण हुने गरेको जनाएको छ । समाचारदाता डेक्समा पुगेको २० मिनेटभित्र समाचार संप्रेशन गर्ने गरेको उल्लेख गरेको सो कार्यक्रममा सहभागि सञ्चार माध्यमहरुका प्रतिनिधीहरुले राससले ढिला गरि समाचार संप्रेषण गर्ने गरेको, भाषागत तुर्तिहरु भएको, तस्विर, समाचारसँग सँगै नआएको, अंग्रेजी बुलेटिनको भाषा शैली नमिलेको तथा लिंग नछुटेको एवं नयाँ पुस्तालाई समेतिने गरी समाचार शैली विकास गर्नुपर्ने कुरामा जोड दिदै राष्ट्रिय समाचार समितिको सेवालाई थप प्रभावकारी बनाउन ६४ औं स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा सहभागिहरुले राससले सरकार, नेता, मन्त्रीको भाषणबाजी मात्रै गरेको चर्चा गर्दै यसो नगरी पीडित पक्षको तथा जनस्तरका विषयवस्तुहरुलाई पनि प्रस्तुत गर्न आवश्यक भएको भन्दै सरकार र जिम्मेवार निकायलाई जवाफदेही हुने गरी सरकारको प्रतिपक्षको भूमिका खेलेर सरकार, जनप्रतिनिधी र पार्टीहरुले जनाएका प्रतिवधता र घोषणा पत्रहरु कार्यान्वयनमा दवाफ सृजना गरेर जनउत्तदायित्व पनि बहन गर्नुपर्नेमा जोड दिएका थिए ।
सहभागि सञ्चार माध्यमहरुको गुनासाहरुको सुनुवाई गर्दै राससले थप नयाँ नीति तथा सेवा विस्तार गर्ने जनाएका थिए । हाल मातृ भाषा समाचार सेवा सहित २४ सैं घण्टा नेपाली र अंग्रेजी समाचार बुलेटिन, फोटो एवं भिडियो र अडियो सेवा दिदै आएको छ । सरकारको स्वामित्वमा सञ्चालित राससमा १६० स्थायी कर्मचारी, ३४० स्टिङ्जर पत्रकारहरु कार्यरत रहेको राससका राजाराम कार्कीले जनाएको छ । राससमा हाल ८७ मोफसलका पत्रपत्रिका, ११ ठूला मिडिया र ३२ वटा रेडियो सहित ५१९ सञ्चार माध्यमले शुल्क तिरेर सेवा लिदै आएको छ ।













