कवि स्व. शाक्यको अन्तिम संस्कार आज सम्पन्न

कवि स्व. शाक्यको अन्तिम संस्कार आज सम्पन्न
भक्तपुर, माघ ११ गते
भक्तपुर बौघ संघका अध्यक्ष स्व. त्रिरत्न शाक्यको आज अन्तिम संस्कार सम्पन्न गरेको छ । सूर्यविनायकस्थित शाक्य निवासबाट पार्थिब शरीरलाई भक्तपुर नगर परिक्रममा गरी योसिंख्यस्थित मुदिपमा नेवारी परम्परा अनुसार अन्तिम संस्कार गरेको हो । नेपाल भाषा आन्दोलनमा अभियान्ता एवं कवि त्रिरत्न शाक्यको योगदानको स्मरण गर्दै हजारौ अभियान्ताहरुले शाक्यको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । नेपाल भाषा एकेडेमीका प्राज्ञ समेत रहेका शाक्य एकेडेमीको बैठक सकेर ख्यालठत्ता गर्दै बुधबार घर फर्केका थिए । सोही राती शाक्यको असामहिक निधनले नेपाल भाषा आन्दोलनमा अपूर्णिय क्षेति पुगेको उल्लेख गर्दै नेपाल भाषा अभियान्ता मल्लके सुन्दरले उहाँको योगदानको स्मरण गर्दै उहाँले सुझाएका अभियानहरुलाई कार्यान्वयन गर्नु नै उहाँ प्रतिको सच्चा श्रद्धाञ्जली हुने बताएका छन् ।

स्व. शाक्यको सदाजीवन उच्च विचारलाई नेपाल भाषाका साहित्यकाहरुले सधै सम्झि रहने चर्चा गर्दै भक्तपुर साहित्यक समाजका अध्यक्ष राजुमान मुनकर्मीले स्वर्गीय शाक्यको सबैकालागि प्रेरणाको श्रोत भएको बताएका छन् भने नेवा दे दबुका अध्यक्ष पवित्रा बज्राचार्यले नेपाल भाषाको क्षेत्रमा धेरै योगदान गर्न बाँकी हुँदै दबुका सल्लाहकार त्रिरत्न शाक्यको असामहिक निधनले दबु परिवार मर्माहत भएको बताउँदै उहाँले जीवनमा सिकेका कुराहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्नु पूर्व नै असामहिक निधन हुँदा थप क्षति पुगे बताएका छन् ।