निर्वाचनको तयारी बारे स्वतन्त्र पत्रकार संघसँग साक्षात्कार
भक्तपुर, फागुण २० गते
निर्वाचनको पूर्व सन्ध्यामा स्वतन्त्र पत्रकार संघ भक्तपुरले जिल्लाको निर्वाचनको तयारी बारे सरोकारवाला निकायहरुसँग अन्तरक्रिया आयोजना गरेको छ । निर्वाचनको तयारी, सुरक्षा व्यवस्था, निर्वाचनको अनुगमण तथा आचारसंहिता कार्यान्वय एवं अनुगमण अधिकृतहरुसँग आज अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । अन्तरक्रियामा बोल्दै भक्तपुरका मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जिल्लाको निर्वाचनको तयारीका क्रममा आवश्यक सामग्री सहित कर्मचारीहरुको खतनपटन गरी मतदान केन्द्रहरु समेत निर्माण कार्य पूरा भएको जनाएको छ । साथै उहाँले भोली विहान ७ बजे देखि साँझ ५ बजेसम्म मतदान गराई सकेपछि मतगणनाकालागि पनि आवश्यक तयारी पूरा भएको जनाएको छ । मतगणनालाई विश्वनिय बनाउन उहाँले सिसि क्यामेराको निगरानी र प्रतिनिधीहरुलाई मतपत्र प्रत्यक्ष देखाएर मात्रै मतगणना गर्ने तयारी भएको जनाएका छन् । यसै बीच भक्तपुर निर्वाचन क्षेत्र न२का निर्वाचन अधिकृत राधिका सुवालले आफ्नो क्षेत्रमा पनि निर्वाचनको तयारी पूरा भएको उल्लेख गर्दै प्रचारप्रसारको क्रममा आचारसंहिता उलंघनका २ वटा उजुरी परेको बताउँदै भोली हुने निर्वाचनमा कृषि तालिम केन्द्रको मतदान स्थल महिलाहरुबाटै सञ्चालन हुने जानकारी दिनु भयो । सो अवसरमा भक्तपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्यले निर्वाचन सम्बन्धि व्यापकरुपमा अनुगमण गरी आचार संहिता कार्यान्वयनमा जोड दिदै आएको चर्चा गर्दै निर्वाचनकाक्रममा कुनै आचार संहिता विपरित कार्य भएको पाईए गुनासो गर्न आग्रह समेत गर्नु भयो । भक्तपुरको कोष तथा लेखा नियन्त्रण कार्यालय भक्तपुरका प्रमुख एवं निर्वाचन अनुगमण अधिकृत महेश दाहालले निर्वाचनका उम्मेदबार र पार्टीहरुको आम्दानी र खर्च व्यवस्थापनकालागि अनुमण गर्दै आएको भन्दै उहाँले एक लाख भन्दा बढी आम्दानी गरेको वा खर्च गरेको रकम बैकिङ्ग प्रणालीबाट देखाउनुपर्ने लगायत आम्दानी र खर्च बारे उम्मेदबार र पार्टीहरुलाई जानकारी दिएर सोही अनुसार कार्य गराउँदा ससाना खर्चहरुको व्यवस्थापनमा केही समस्या रहेको उल्लेख गरेका थिए भने भक्तपुर प्रहरीका प्रहरी नायक उपरिक्षक प्रकाश जबेगुले जिल्लाको निर्वाचनकालागि सुरक्षा ब्यवस्थापन मजदुत पारेको बताएका छन् ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...













