मध्यपुर महोत्सव सुरु

मध्यपुर महोत्सव सुरु
मध्यपुर, पुस १२ गते
भक्तपुरको दोस्रो ऐतिहासिक नगर मध्यपुरमा आजबाट ३ दिने मध्यपुर महोत्सव सुरु भएको छ । नेपाल सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिंहले महोत्सव मूल समारोहको पानसमा दीप प्रज्वलन तथा महोत्सवको स्मारिका विमोचन गरी महोत्सवको शुभारम्भ गरेका थिए । शंषकर चोकबाट उद्घाटन र्याली आयोजना गर्दै नगरपालिकाले निर्माण गरेको पर्यटकीय पाटीहरुको उद्घाटन समेत गर्दै उपप्रधानमन्त्री सिंहले देशको कला संस्कृति र सभ्यतालाई विश्वमा चिनाउन ठाउँ ठाउँमा महोत्सवहरु आयोजना भइरहेको भन्दै यसले स्थानीय उत्पादन प्रर्वधनमा टेवा पुग्नुका साथै राष्ट्रको अर्थतन्त्र उकास्न पनि मदत पुग्ने धारणा राख्नु भयो ।


मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको सभपतित्वमा आयोजित उद्घाटन समारोहमा सांसद दुर्लभ थापाले मध्यपुर थिमी भक्तपुरको ऐतिहासिक र सांस्कृतिक नगरी भएको भन्दै यसैबाट पनि नगरको विकास गर्न सकिने बताउनु भयो । सांसद सन्तोष परियारले भक्तपुर सांस्कृतिक नगरी भएकोले साँस्कृति नगर घोषणा गरी यहाँका मूर्त अमूर्त सम्पदा संरक्षणमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिनु भयो भने प्रदेश सांसद राजेन्द्र श्रेष्ठले मध्यपुर नगरको विकास एक्लो प्रयासले सम्भव नहुने उल्लेख गर्दै महोत्सवसँगै भएका विभिन्न विकास निर्माणले पनि यहाँको जनजीवन सहज हुने बताउनु भयो ।

https://www.facebook.com/janasancharHD/videos/581350811182562


राजनैतिक दलहरुको तर्फबाट हरिदास प्रजापति र पूर्व प्रमुख मदनकृष्ण श्रेष्ठ मध्यपुर महोत्सवको महत्व बारे प्रकास पार्दै महोत्सव दलगत नभई सबैको साझा भएको बताउनु भयो । कार्यक्रममा उपप्रमुख विजयकृष्ण श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।महोत्सव पुस १३ गतेसम्म मध्यपुर नगरका टोलटोलमा आयोजना हुने छ ।