भक्तपुरमा थपिए १०१ संक्रमित, देशभर ९६६ कोरोना मुक्त
भक्तपुर, असोज ४ गते
भक्तपुर जिल्लामा अहिलेसम्मकै बढी कोरोना संक्रमित थपिएका छन् । निषेधाज्ञा खुकुलो भएपछि आईतबार एक्कै दिन १ सय १ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आफ्नो नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रबक्ता डा.जागेश्वर गौतमले भक्तपुरका ४१ म्हिला र ६० पुरुष सहित आईतबार १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन । काठमाण्डौ उपत्यकामा भक्तपुरका १०१ जना सहित ७६७ जना संक्रमित भएका हुन भने देशभर आईतबार १ हजार ३ सय २५ जना संक्रमित थएिका छन् । प्रवक्ता डा. गौतमका अनुसार देशका ४९ वटा प्रयोगशालाबाट पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ५८४ जनाको पीसीआर परीक्षणमा १,३२५ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै कोरोना संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । संक्रमितहरु मध्ये गत २४ घण्टामा ९६६ जना कोरोना संक्रमण मुक्त भएपछि कुल संक्रमणमुक्त हुनेको संख्या ४६ हजार २३३ जना पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या १७ हजार ४७८ जना आसोलेसनमा रहेका छन् । संक्रमितहरु मध्ये थप १० जनाको आईतबार मृत्यु हुँदा अहिलेसम्म मृत्यु हुनेको संख्या ४११ पुगेको छ । अहिले क्वारेन्टिनमा रहनेको संख्या ७ हजार ४५१ छन् । उपत्यकामा थपिएका ७६७ संक्रमितहरु मध्ये काठमाण्डौका ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जना रहेका छन् ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














