नगर प्रमुख प्रजापतिõद्वारा राष्ट्रिय वाणिज्य बैंक लि. कमलविनायक शाखा कार्यालयको उद्घाटन

नगर प्रमुख प्रजापतिõद्वारा राष्ट्रिय वाणिज्य बैंक लि. कमलविनायक शाखा कार्यालयको उद्घाटन
२०७८ मंसिर १४ गते, मंगलबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बि.सं. २०२२ साल माघ १० गते स्थापना भएको नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित राष्ट्रिय बाणिज्य बैंक लि. कमलविनायक शाखा कार्यालयको मंगलबार एक समारोहबीच समुद्घाटन गर्नुभएको छ ।
उद्घाटन कार्यक्रममा प्रमुख प्रजापतिले सरकारको पूर्ण स्वामित्वमा स्थापित नेपालको दोस्रो पुरानो वाणिज्य बैंकले आगामी दिनहरुमा जनताको विश्वास जितेर जनउत्तरदायी र पारदर्शी ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुहुँदै देशको अर्थतन्त्र विकासको लागि बैंकले उपयोगी कदमहरु चाल्दै जानेमा विश्वास व्यक्त गर्नुभयो ।

This image has an empty alt attribute; its file name is IMG_3595.jpg


बैंक तथा वित्तीय संस्थाहरु राज्य व्यवस्थाको स्नायु केन्द्रको रुपमा रहने औंल्याउनुहुँदै यसको विकास र प्रगति गर्दै लानुपर्नेमा जोड दिनुहुँदै प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका र नपासँग सम्बन्धित कार्यालयहरु अधिकांशको आर्थिक कारोबार नेपाल सरकार स्वामित्वको नेपाल बैंकमार्फत गर्दै आइरहेको बताउनुभयो ।
नेपाल सरकारले केही अरब रुपैयाँको निम्ति आफ्नो स्वाभिमान बेच्न नहुने तर्क राख्नुहुँदै उहाँले एमसीसीको रकम हिन्द प्रशान्त अमेरिकी सैन्य रणनीतिअन्तर्गतको भएको हुँदा सम्पूर्ण देशभक्त नेपाली जनता एकजुट भएर एमसीसीको विरुद्धमा आवाज उठाउनुपर्नेमा जोड दिनुभयो ।
लामो समयदेखि सिंहदरबारभित्र भारतीय लगानी रहेको बैंकले मात्रै कारोबार गर्दै आएकोमा हाल पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत कारोबार सुरु हुनु सकारात्मक कदम भएको बताउनुहुँदै विदेशी बैंकलाई पूर्ण रुपमा छुट दिए देशका अन्य बैंकहरु डुब्ने खतरा रहेको औंल्याउनुभयो ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले नेपालको ७७ वटै जिल्लाहरुमा आफ्नो शाखाहरु विस्तार गर्दै लाने उद्देश्य राखेको बताउनुहुँदै औद्योगिक, व्यापारिक तथा पूँजी बजार, कर्जालगायत अन्य क्षेत्रहरुमा ग्राहकहरुलाई विविध बैंङ्किङ सेवा पु¥याउँदै आएको बताउनुभयो । भक्तपुर नपाले शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिरहेको कार्यहरु प्रशंसनीय भएको उल्लेख गर्नुहुँदै भक्तपुरबाट अरु स्थानीय तहहरुले सिक्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले जनताको सेवाको निम्ति गरिएको शाखा बिस्तारको व्यवसायिक सफलताको कामना गर्दै वित्तीय संघ संस्थाहरु जनउत्तरदायी र जनताको विश्वास कार्यम गर्ने ढंगले सञ्चालित हुनुपर्ने बताउनुभयो ।
राष्ट्रिय वाणिज्य बैंक प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिव मानन्धर, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, बैंकका जितेन्द्रसिंह थापालगायतले बैंकको उद्देश्यहरुमाथि प्रष्ट पार्नुभएको थियो