भक्तपुर, बैशाख २१ गते
कोरना संभावित ७३८ जना भक्तपुरबासीको कोरना परीक्षण नेगेटिभ आएकोे छ । विदेशबाट आएका ४११ र अन्य संभावित व्यक्तिहरुको कोरना भाइरस परीक्षण गर्नेक्रममा ७३८ जनाको परीक्षण सम्पन्न गर्दा सबै जनामा कोरना भाइरस संक्रमण नभएको पाइएको हो । आडिटी बाट ३९६ जना र पिसीआरबाट ३४२ जना गरी गरी ७३८ जनाको कोरना परीक्षण सम्पन्न भएको जनाउँदै जिल्ला संकट व्यवस्थापन सेन्टरले कोरना भाइरसका संक्रमणका संभावित व्यक्तिहरुको खोजि तथा परीक्षण कार्य निरन्तर जारी रहेको जनाएको छ ।
कोरना भाइरस जोखिम व्यवस्थापनका लागि काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाकाहरुमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ । जगाति प्रहरी चौकीमा स्वास्थ्य सहायता कक्ष स्थापना गर्दै यात्रुहरुको ज्वरो नाप्ने, यात्रु विवरण संकलन गर्ने कार्य भइरहेको जनाएको छ । सो नाका भएर आएका यात्रुहरुमा १००.४ फोरेन्टहाइट ज्वरो आएको पाएमा पुनः परीक्षण गर्ने एवं ज्वरो कम नभएमा भक्तपुर अस्पताल पुर्याउने कार्य भइरहेको जनाएको छ । कोभिड १९ सम्वन्धि जिल्लास्तरीय प्रतिकार्य बुलेटिनको भाग ४ प्रकासित गर्दै सो सेन्टरले काठमाण्डौ उपत्यकामा कोरना भाइरसको जोखिम व्यवस्थापनका लागि तीनै जिल्ला एकजुट भएर प्रतिकार्यमा लाग्ने निर्णय भएको जनाएको छ ।
गत बुधबार बसेको उपत्यकाका तीनै जिल्लाको जिल्ला सुरक्षा समितिको संयुक्त बैठकले तीनै जिल्लाको नियमित सूचना र अनुभव आदान प्रदान गर्ने निर्णय गरेको थियो । सो बैठकले जिल्ला सहयोग, समन्वय, सहजिकरणका लागि सूचना एवं अनुभव आदानप्रदान गर्न पालिकाहरुसँग सहयोग र समन्वय कायम गर्ने, विकास निर्माण कार्यहरुको संयुक्तरुपमा लगत अनुगमन गर्ने, कोरना संक्रमण न्यूनीकरण तथा रोकथामको लागि त्चबअभ, त्भकतष्लन बढाउने, नाकाहरुबाट भित्रिने यात्रुहरुको विवरण एक आपसमा आदान प्रदान गर्ने, तीनै जिल्लाको संकट व्यवस्थापन सेन्टरको संयुक्त बैठक आयोजना गर्ने, औषधी उपकारण, स्वास्थ्य सामग्री, अतिआवश्यक बस्तुको आपूर्ति व्यवस्थापन गर्ने, उपत्यका भित्रिने नाकाहरुमा हेल्प डेक्सको व्यवस्था गर्ने, प्रत्येक महिना घुम्ति प्रणालीको आधारमा जिला सुरक्षा समन्वय समितिको बैठक राख्ने, लक डाउनमा संचालित विकास निर्माण, कृषि कार्य, आपूर्ति व्यवस्थापन सहजीकरण गर्ने र संक्रमणको त्चबलकmष्ककष्यल रोक्न प्रतिकार्य योजना बमोजिम प्रभावकारी कार्य गर्ने निर्णय गरेको छ । यसै बीच विहिवार बसेको संकट व्यवस्थापन सेन्टरको बैठकले बर्षातको संकट सामान गर्न पूर्व तयार गर्ने र विकास निर्माणका लागि सहजिकरण गर्ने निर्णय समेत गरेको छ । सो बैठकले लक डाउन अवधिमा सवारी पास बाहेकका सम्पूर्ण सवारी साधन आवागमनमा रोक लगाउने, अतिआवश्यक भएकाहरुको लागि ईपासको व्यवस्था गर्ने जिल्लाको कृषी उत्पादन, निर्माण कार्य तथा कोरना परीक्षण एवं बाढि पहिरो र डुवान लगायत मौसमि बिपद्हरुबाट हुन सक्ने विषयहरुमा समेत सरोकारवाला निकायहरु बीच समन्वय गर्ने निर्णय गरेको थियो ।
कोरना भाइरस संक्रमण रोकथाम र उपचारको लागि भक्तपुरका १० वटा अस्पतालहरुमा ५५ वटा आइसोलेशन कक्ष, २३ वटा भेन्टिलेटर र ३८ वटा आइसियू तथा ३९९ बेडको क्वारेन्टाइन बेडहरु तयारी अवस्थामा राखेको छ ।
भक्तपुरका इटा भट्टामा रहेका स्वदेशी तथा विदेशी कामदारहरुलाई भट्टामै खाने बस्ने ब्यवस्था मिलाएको छ भने चाँगुनारायण नगरपालिकामा खाद्यान्नको लागि रोजगारी लागु गरेको बताएको छ । २०७७।१।१७ गते देखि खाद्यान्नको लागि रोजगार कार्यक्रम संचालन कार्यविधि २०७७ लागू गरेको छ । रोजगार गुमाएका, नभएका नगरवासीहरुको लगत संकलन गरी पाँचजनाको परिवारमा एक जनालाई रोजगार दिने गरी सो कार्यविधि लागू गरिएको छ । यद्यपी चागुनारायण नगरपालिका वडा नम्वर ८स्थित गंगाराम बुढाथोकीले फारम भरेर पनि रोजगारी नपाएको गुनासो गरेका छन् । ७ जनाको परिवार पाल्न रोजगार खोज्न नगरपालिका पुग्दा २ दिनको लागि माात्र रोजगार दिने भए पनि आफूले रोजगार नपाउँदा परिवार पाल्न समस्या भइरहेको बताएका छन् । खेतिपाति पनि नभएको, कमाइ पनि नभएकाले लकडाउनको समयमा सडकमा आउन बाध्य बनाएको गुनासो गरेका हुन ।
जिल्ला संकट व्यवस्थापन सेन्टरले भक्तपुर जिल्लामा खाद्यान्न ब्यवस्थापनका लागि स्थानीय तह, सुरक्षा निकाय र घरेलु तथा साना उद्योग कार्यालय मार्फत बजार अनुगमण गर्दै आएको छ । भक्तपुर जिल्लाबाट ठूलो संख्यामा मानिसहरु बाहिएकाले खाद्यान्न आपूर्ति व्यवस्थापनमा समस्या नभएको जिल्ला संकट व्यवस्थापन सेन्टरले ठहर गरेको छ ।
भक्तपुर जिल्लामा सरकारले जारी गरेको लक डाउन कार्यान्वयनलाई प्रभावकारी बनाउन जिल्ला संकट व्यवस्थापन सेन्टरको निर्णय अनुसार मानिसहरुको हिड्डुल नियन्त्रणका लागि थप सुरक्षाकर्मी परिचालन गर्ने, जिल्लाका सुरक्षा नाकाहरुमा जाच कडा पार्ने तथा भित्रि सडक तथा बस्तीहरुमा समेत सुरक्षाकर्मीहरु परिचालन गर्ने जनाएको छ ।













