प्राविधिक समस्या आएपछि ख्वप अस्पतालले रोक्यो अक्सिजन वितरण

प्राविधिक समस्या आएपछि ख्वप अस्पतालले रोक्यो अक्सिजन वितरण
भक्तपुर, मंसिर ९ गते
ख्वप अस्पतालले निःशुल्क रुपमा वितरण गर्दै आएको अक्सिजन प्राविधिक सुधार नभएसम्मकोलागि रोकिएको आज अस्पतालद्वारा जारी सूचाना भनिएकोछ । अक्सिजन जेनेरेटर प्लान्टमा प्राविधिक समस्या आएको भन्दै ख्वप अस्पतालले अक्सिजन वितरण प्राविधिक सुधार नभएसम्मका लागि रोकिएको जनाएको हो । कोरोना महामारीसँगै जनताको सहयोगमा स्थापित अक्सिजन प्लान्टले निरंतररुपमा नगरवासीहरुलाई निःशुल्क रुपमा अक्सिजन वितरण गर्दै आएको थियो । थप जनाकारीको लागि ९७४१८०७५२७ मा सम्पर्क राख्न अस्पतालले जनाएको छ ।