विभेद र कलंक बिरुद्धको नारा सहित बायोइथिक्स दिवस मनाइयो ।
धरान । विश्वभरि नै सञ्जाल रहेको बायोइथिक्स समूहको नेपाल एकाईको आयोजनामा विभेद र कलंक बिरुद्ध नारा अंगाल्दै विगत २ महिनादेखि विविध प्रतियोगितात्मक कार्यक्रम गरी सन् २०२४ अक्टोवर १९ को बायो–इथिक्स दिवस मनाइएको छ । मानव जीवन, समाज र चिकित्सा सेवा, शिक्षा, शोध लगायतका क्षेत्रमा ब्याप्त भेदभाव र धब्बा बारे सजग र सचेत भएर यस्ता असंगत कुराहरु कम गर्न र हटाउन सकिन्छ भन्ने आशा सहित् यो वर्षको बायोइथिक्स दिवस मनाइएको हो ।सन् २०१३मा संलग्न भएको हो । सन् २०१६ देखि अक्टोबर १९ मा विश्व बायोइथिक्स दिवस मनाउँदै आएकोछ । युनेस्कोको बायोइथिक्स चेयरले चिकित्सा, स्वास्थ्य र जीवन विज्ञान क्षेत्रमा शिक्षा, सेवा र अनुसन्धानमा नितिनियम ९इथिक्स०को अध्यापन, तालिम र अनुसन्धानको लागि जोड दिएकोछ । बायो–इथिक्स नेपाल एकाईबाट आयोजित विविध कार्यक्रमहरुमा नेपालका विभिन्न मेडिकल कलेजहरुबाट सहभागिता भएको हो । यस वर्षका विभिन्न चेतनामूलक कायक्रमहरुको अक्टोवर २५ का दिन वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा समापन भएको हो ।


नेपाल एकाईका प्रमुख तथा नेपालका लागि यस कार्यक्रमका संयोजक प्रा.डा. धनरत्न शाक्यले अध्यक्षको रुपमा मूल टिप्पणी राख्तै मा नेपाल एकाईका प्रमुख प्रा।डा। धनरत्न शाक्यले एकाई र यस सिद्धान्तबारे परिचयात्मक मन्तव्य राख्दै बायोइथिक्सको यो महत्वपूर्ण सिद्धान्त यस वर्षको नाराले हाम्रो जस्तो विभेद र असमान व्यवहार व्याप्त समाजमा विशेष अर्थ राख्ने तथा समाज र राज्यस्तरमै नितिगत र ब्यावहारिक परिवर्तनका लागि आधार हुने बताउनुभयो । नेपाल एकाईका सदस्य डा. अशोक ऐरले विविध नीतिगत सिद्धान्त सहित यस वर्षको नाराबारे प्रस्तूति राख्न्ुभयो । विद्यार्थी संकायका सदस्य द्वय मानश्वी आचार्य र रजनी नेउपानेले सञ्चालन गरेको सो कार्यक्रममा विद्यार्थी संकायकी अक्षता वस्तीले यस वर्षको नाराबारे सेमिनार प्रस्तूति राखिन् । कार्यक्रममा निर्णायक मण्डलका तर्फबाट प्रा.डा. रिता खड्का तथा विद्यार्थी संकायका हेड प्रशान्त सापकोटाको पनि मन्तब्य रहेको थियो । यस वर्ष सम्पन्न वैज्ञानिक लेख प्रतियोगितामा वि.पि.को.स्वा.वि.प्र.की रिचा कोइराला, फोटोग्राफीमा पाटन एकेडेमीकी काजल यादव, कवितामा जानकी मेडिकल कलेजकी उजमा हुस्सेन, आर्ट पोस्टरमा पुपिल डेन्टल कलेजकी सची पोखरेल र छोटो मूभिमा बिराट मेडिकल कलेजकी लक्ष्मी रौनियारको समूह राष्ट्रिय छनौटबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पठाइएका छन् । कार्यक्रमका संयोजक नेपाल एकाई तथा प्रतिष्ठानको मानसिकरोग विभाग प्रमुख प्रा.डा. धनरत्न शाक्यले बायोइथिक्सबारे छलफल, अध्ययन, मन्थन र मनन्का यस्ता अवसर र कार्यक्रमहरु नियमित र बिस्तारित हुँदै जानुपर्ने धारणा राख्नुभयो । उहाँले यस वर्षको नाराले समाज र हाम्रो ब्यवहारमा ब्याप्त विभेद, हेय र कलंक सजगतापुर्वक हटाउँदै मर्यादा र मानव मूल्यको प्रवद्र्धन गर्नको लागि आवश्यक मनन्, चिन्तन, मन्थन गर्न र अभ्यासहरु अबलम्बन गर्न घच्घच्याएको बिचार राख्नुभयो ।












