४४ औं तःमुज्याको उत्कृष्ठ सांस्कृतिक टोली र कलाकारको नतिजा सार्वजनिक

४४ औं तःमुज्याको उत्कृष्ठ सांस्कृतिक टोली र कलाकारको नतिजा सार्वजनिक
भक्तपुर, कार्तिक ६ गते
कमलविनायकको लामुगःमा आयोजित ४४ औं नेपाल भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक ब्बज्या तःमुज्याका उत्कृष्ठ साँस्कृतिक टोलि र कलाकारहरुको नतिजा आज सार्वजनिक भएको छ । ४४ औं तःमुज्याको ग्वसाखलले आज सार्वजनिक गरेको नतिजा अनुसार छधा प्याखंमा सिद्धिगणेश साकोसको मे लेवांम्हा काय् पहिलो भएको छ भने दोस्रोमा बागीश्वरी कलेजको बर्बाद र तेस्रोमा ख्वप अस्पतालको घरदैलो नर्सिङ तथा सान्त्वनामा नेपाल क्रान्तिकारी युवा संघ भनपा ८को मिं नय् तांगु छें भएको छ । यसै गरी ख्यालमा ख्वप कलेजको द्यःपमिनं द्यः पितिन प्रथम, लेनिन पुस्तकालयको ग्याफारिम्हा साहित्यकार दोस्रो र भक्तपुर साकोसको महामारी नामको ख्याल तेस्रो भएका थिए भने बर्बाद छधाप्याखंका राजन फेलु उत्कृष्ठ निर्देशक, द्यःपमिनं द्यःपितिन ख्यालका लेखक राजेन्द्र श्रेष्ठ उत्कृष्ठ भएका थिए भने मेले वांम्हा काय्का रोहन सुवाल उत्कृष्ठ पुरुष कलाकार र ग्याफारिम्हा साहित्यकार ख्यालका सुजी ह्योंगो उत्कृष्ठ महिला कलाकार र मेले वांम्हा काय्का विकास तमखु मञ्च सजावतमा उत्कृष्ठ भएको घोषणा गरेको छ ।


गत असोज २८ र २९ गते भएको ४४ औं तःमुज्यामा प्रस्तुत दजनौं हुला प्याखं नृत्यहरु मध्ये आस्था सांस्कृतिक परिवारको न्ह्यल जी च्वङा थौं प्रथम, ख्वप्रिङ एकेडेमीको याक सः हे जु सां दोस्रो र पारागन एकेडेमीको षड्यन्त्र न्ह्यागु हे जुसाँ तविं तेस्रो एवं लिशा इग्लिस सेकेण्डारी स्कुल्को धिमाय् प्याखं सान्तोना भएको छ भने पासा पुचको म्ये प्याखंको जि यम्हा किजा, जिमिता त्वता गना छ वानेतांलाई विशेष पुरस्कार घोषणा गरेको साँस्कृति समितिका संयोजक रामकृष्ण प्रजापतिले जनाएको छ । यसै गरी थ थ धका धाय्मते पासा हुलाप्याखं बोलका रोशना बेकोजू उत्कृष्ठ पुरुष नृत्यकर्मी , न्हुयल जि च्वङा थौं बोलका आयुषा प्रजापति महिलामा उत्कृष्ठ नृत्यकर्मी, याक सः हे जुसां हुलाप्याखका रभिम कपालि उत्कृष्ठ बोल र षड्यन्त्र न्हुयागु हे जुसाँ तबिका पुण्यराम कवांले उत्कृष्ठ गीत लेखकको पुरस्कार जितेको संयोजक प्रजापतिले जनाएको छ ।