तःमुज्याको साहित्य समिति पनि गठन, भोली विहान ग्वसाखलको उद्घाटन हुने

तःमुज्याको साहित्य समिति पनि गठन, भोली विहान ग्वसाखलको उद्घाटन हुने
भक्तपुर, श्रावण ३२ गते
४४ औं नेपाल भाषा साहित्य तःमुज्याको साहित्य समितिको अध्यक्षमा शिक्षिका रामेश्वरी कोजू चयन भएकी छिन । आज बसेको साहित्यकार तथा आयोजकहरुको भेलाले कोजुलाई अध्यक्ष चयन गरी साहित्य समिति गठन गरेको ग्वसाखलका विकुराम तजलेले जनसञ्चार खवरलाई जनाएको छ । तःमुज्याका सल्लाहकार एवं जनकवि चन्द्रबहादुर उलक, अध्यक्ष आशाकुमार चिकंबन्जा सहितका अतिथिहरुको सहभागितामो साहित्य समिति गठन गरेको हो


कमलविनायकस्थित लामुगः परिसरमा असोज २८ र २९ गते आयोजनाको तयारी गरेको ४४ औं तःमुज्याको ग्वसाखलको भने भोली विहान उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ग्वसाखलको नेमकिपा सचिव एवं सांसद प्रेम सुवालले उद्घाटन गर्नु हुने आयोजक समितिले जनाएको छ ।