गठ्ठाघर दुघर्टनामा प्रहरीद्वारा मृतकको पहिचान पुष्टि

गठ्ठाघर दुघर्टनामा प्रहरीद्वारा मृतकको पहिचान पुष्टि
भक्तपुर, श्रावण ३२ गते
महानगरीय प्रहरी परिसर भक्तपुरले गठ्ठाघर सडक दुर्घटनामा मृत्यु हुने व्यक्तिको पहिचान पुष्टि गरेको छ । प्रहरीका सूचना अधिकारी राजन कार्कीका अनुसार गठ्ठाघर सडक दुघर्टनामा ज्यान गुमाउने व्यक्ति ६५ वर्षका उत्तम कोइराला भएको पुष्टि गरेको छ । दुर्घटनास्थलमा भेटिएको स्कुटरको बिलबुकको आधारमा हिजै मृतक कोइराला रहेको भनिए पनि हिजैे ट्रकले मृतक कोइरालाको शरीर क्षेदविक्षेत पारेकाले ज्यान गुमाउने व्यक्ति एकीन गर्न सकेको थिएन भने थिमी वृत्त प्रहरीले टिचिङ अस्पतालबाट शवको पोष्टमार्टम पश्चात सो कुराको पुष्टि गरेको हो । सामाजिक सञ्चालमा २०।२५ वर्षकी केटी, ४०।४५ वर्षका पुरुष भनिए पनि अन्ततः प्रहरीको अनुसन्धान टोलीले ओखलढुंगा चिशंखुगढी गाँउपालिका वडा नं। ४ खहरे घर भइ हाल काठमाण्डौको सरस्वती नगर कपन बस्ने उत्तम कोइराला भएको पुष्टि गरेका हुन । हाल दुर्घटना भएको ट्रक काठमाण्डौ उपत्यका प्रहरी सशस्त्र प्रहरी गण नं.२ महाराजगञ्जमा राखिएको छ भने चालक मलङ सतेन्द्र श्रेष्ठ प्रहरीको नियन्त्रण्मा राखिएको छ साथै स्कुटर प्रहरी वृत्र ठिमीमा राखिएको छ ।
सो दुर्घटनाको सिसि फुटेज पनि सार्वजनिक भएकोे छ । फुटेजमा ट्रकको अगाडीबाटै स्कुटीलाई घिसारे लगेको देखाएको छ भने सामाजिक सञ्जालमा भनिए जस्तो ट्राफिक चेकिङकको क्रममा सवारी प्रहरीले रोकेर सो दुर्घटना भएको भन्ने पुष्टि गर्न गाह्रो छ तर ट्राफिक चेकिङ टोली भने देखिन्छ । प्रत्यक्षदर्शी मोटरसाइकल चालकले भन्ने जस्तै उनको मोटरसाईकललाई ट्राफिक प्रहरीले रोकेपछि पछाडि आएको स्कुटि उनको लुकिङ ग्लासमा ठोकिएर अनियन्त्रित भई स्कुटी ट्रकमा ठोकिन गएको भनिएको क्षेत्रको फुटेजमा भने देखिएको छैन । यसकारण सो घटनामा कस्को कमजोरी थियो भन्ने कुरा थप अनुसन्धानको विषय बनेको छ ।