शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १२ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १२ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १२ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा दिपेन्द्र रमण सिंहज्यूको अध्यक्षतामा भएको यस कार्यक्रममा एक वर्ष भरी केन्द्रले गरेका प्रगति विवरण कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो ।


कार्यक्रममा बोल्नु हुँदै भक्तपुर जिल्लाका माननीयद्वय प्रेम सुवाल र दुर्लब थापाले मानब अंग प्रत्यारोपण केन्द्रको विकास र विस्तारमा आफू सधैँ प्रतिवद्ध रहेको र केन्द्रको लागि आवश्यक जग्गा तथा भौतिक पूर्वाधार लगायतका विषयमा सदन र सरकारमा आवज उठाउने र केन्द्रले गरेको कामको प्रसंशा गर्नुका साथै केन्द्रमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको सहयोग र साथले यस किसिमको सफलता प्राप्त भएकोमा सम्पुर्ण कर्मचारीहरुलाई शुभकामना तथा बधाई दिनु भयो ।
उक्त कार्यक्रममा विरामीको प्रतिनिधित्व गर्ने मृगौला पिडित समाजका अध्यक्ष झमक श्रेष्ठ र श्री मृगौला पिडित सरोकार समाजका संस्थापक अध्यक्ष बलराम सुबेदीले केन्द्रमा कार्यरत सम्पुर्ण कर्मचारीहरुले विरामीको उपचारमा पु¥याउनु भएको सेवा र सहयोगको उच्च सम्मान गर्नु भयो । केन्द्रकोे वारेमा नकारात्मक, भ्रामक समाचार अभिव्यक्तीले विरामीको उपचरामा समेत असर पर्ने हुँदा त्यसका विरुद्द जस्तो सुकै प्रतिकारमा उत्रन सक्ने र केन्द्रले गरेका राम्रा कामका सैधै प्रशंसा गर्ने कुरा बताउनु भयो ।

कार्यक्रममा बोल्दै केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्रले केन्द्रमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्स प्राविधिक कर्मचारी, प्रशासनिक कर्मचारी, सुरक्षा गार्ड, सरसफाइका कर्मचारीहरुको निरन्तरको प्रतिवद्धता र योगदानबाट मात्र संभव भएको कुरा बताउनु हुँदै १२ औं वार्षिक उत्सवको अवसरमा सबैलाई शुभकामना दिनु भयो । केन्द्रले २०८० बैशाख देखि चैत्र मसान्त सम्म १८४ जनाको मृर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको कुरा व्यक्त गर्नु हुँदै केन्द्रले एक वर्ष भरी गरेको प्रगतिको समिक्षा समेत गर्नु भयो । केन्द्रको नाममा एक इन्च पनि आफ्नो छुटै भवन उपयुक्त जग्गा नभएर थप सेवा दिन असहज भएको कुरा व्यक्त गर्नु हुँदै केन्द्रको लागि जग्गा तथा भवनको लागि आवश्यक पहल गरिदिन सम्बन्धित सबैमा अनुरोध गर्न भयो ।

उक्त कार्यक्रममा भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री रोशनी कुमारी श्रेष्ठले शुभकामना मन्तव्यका क्रममा केन्द्रले उत्कृष्ट सेवा प्रदान गरिरहेको र आगामी दिनमा पनि अझ उत्कृष्ट र विश्वस्तरीय सेवा प्रदान गर्ने विस्वास व्यक्त गर्नु भयो ।
कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. दिपेन्द्र रमण सिंहले केन्द्र स्थापना देखि यसको विकासका लागि आफू निरन्तर सकरात्मक रहेको र आवश्यक सहयोग गरि रहेको र केन्द्रले पनि प्रत्यारोपण क्षेत्रमा स्थापनाको १२ वर्षमा नै यति ठूलो प्रगति गरेकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट केन्द्रमा कार्यरत सम्पूर्ण कर्मचारी तथा प्रत्यक्ष अप्रत्यक्ष रुपमा केन्द्रलाई सहयोग गर्ने महानुभाव लाई धन्यवाद व्यक्त गर्नु भयो । केन्द्रको विकासको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रतिवद्द रहेको कुरा बताउनु भयो ।
उक्त समाहरोहमा केन्द्रमा कार्यरत कर्मचारीहरु मध्ये २०८० सालमा उत्कृष्ट सेवा गरे बापत सिनियर रजिष्ट्रार युरोलोजिष्ट तथा मृर्गौला प्रत्यारोपण सर्जन डा दिपेश श्रेष्ठलाई सर्वाेत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो । उक्त कार्यक्रममा विरामीहरुको तर्फबाट झमक श्रेष्ठले केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठ र प्रमुख कन्सल्टेन्ट नेफ्रोलोजिष्ट डा कल्पना कुमारी श्रेष्ठलाई सम्मान गर्नु भएको थियो ।

एक वर्षको अवधिमा केन्द्रबाट भएका मुख्य मुख्य गतिविधिहरु ः

केन्द्रको भावी योजनाहरु ः
ड्ड प्रत्यारोपण प्रतिष्ठान निर्माण गर्ने
ड्ड देशको सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने
ड्ड केन्द्रको क्षमता विस्तार गरी ५०० शैयाको अत्याधुनिक सुविधा सम्पन्न केन्द्र बनाउने
ड्ड यथाशक्य छिटो कर्मचारीको वृत्ति विकास हुने विभिन्न क्रियाकालापहरु गर्ने ।

१२ औं वार्षिकोत्सव कार्यक्रम आयोजक समितिका संयोजक डा. लुसन सिंहले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिनु भयो । कार्यक्रममको सञ्चालन केन्द्रका प्रशासन प्रमुख सुषमा महताले गर्नु भएको थियो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर
मिति ः २०८०।०१।११ गते मंगलवार