प्रा.डा. सर्वज्ञभक्त मल्लद्वारा लिखित ‘सफल शिक्षणको लागि सरल शिक्षण नमुना’ पुस्तक विमोचन

प्रा.डा. सर्वज्ञभक्त मल्लद्वारा लिखित ‘सफल शिक्षणको लागि सरल शिक्षण नमुना’ पुस्तक विमोचन
भक्तपुर । २०८० चैत्र १२ गते, सोमबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सेवा निवृत्त शिक्षक समाज भक्तपुरद्वारा प्रकाशित प्रा।डा। सर्वज्ञभक्त मल्लको ‘सफल शिक्षणका लागि सरल शिक्षण नमूना’ पुस्तक ९दोस्रो संस्करण० को आज एक कार्यक्रमबीच सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले अवकाश प्राप्त शिक्षकहरुसँग धेरै अनुभव हुने र ती अनुभव र ज्ञान नयाँ पुस्ताका लागि अमूल्य सम्पत्ति भएको हुँदा त्यसको संरक्षण गर्नु आफैमा उल्लेखनीय काम भएको बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘प्राध्यापकहरु अनुभवका धनी हुनछन् । जीवन भोगाइका अनुभवहरु झुटो हुन सक्दैन । सेवा निवृत्त शिक्षकहरुको अनुभवले नयाँ पुस्तालाई धेरै राम्रो शिक्षा प्रदान गर्छ ।’
भक्तपुरका सबै विद्यालयहरुको शैक्षिक गुणस्तरमा एकरुपता ल्याउन नगरपालिकाले समय समयमा शिक्षक तालिम, विज्ञ समूहद्वारा विद्यालय अनुगमन र त्यसको सिफारिसअनुसार विद्यालयहरुलाई आर्थिक अनुदान दिने व्यवस्था गर्दै आएको सोही क्रममा उहाँले बताउनुभयो ।
अहिले विद्यालयमा अध्यापनरत शिक्षकहरु तालिम प्राप्त रहेको र विगतको तुलनामा विद्यालयको भौतिक पूर्वाधारहरु पनि सुधार भइसकेको बताउँदै उहाँले भक्तपुरका अधिकांश सामुदायिक विद्यालयहरुमा शिक्षण सामाग्रीहरुको पनि व्यवस्थापन राम्रो रहेको उल्लेख गर्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुरका सामुदायिक र संस्थागत विद्यालयहरुको गुणस्तरमा समानता ल्याउने गतिविधि संयुक्त रुपमा सञ्चालन गर्दै आइरहेको प्रष्ट पार्नुभयो ।
पुस्तकका लेखक एवम् शिक्षाविद् प्रा।डा। सर्वज्ञभक्त मल्लले पाँच दशक शिक्षण सेवामा आबद्ध हुँदाका आफ्ना अनुभव सुनाउँदै शिक्षकहरु शिक्षण प्रक्रियामा परिपक्व भए मात्र शिक्षामा गुणात्मक विकास हुने धारणा राख्नुभयो ।
पुस्तकको पहिलो संस्करण बि।सं। २०३४ साल पुस १९ गते प्रकाशित भएको बताउँदै उहाँले आफूले करिब ५१ वर्ष अगाडि पढेको र सिकेको शैक्षिक अनुभव र ज्ञानबाट नयाँ पुस्तालाई प्रेरणा मिल्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् सेवा निवृत्त शिक्षक समाज भक्तपुरका अध्यक्ष अम्बिकामान मानन्धरले पुस्तक प्रकाशन गर्ने अवसर प्राप्त भएकोमा लेखकप्रति समाजको तर्फबाट आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा सेवा निवृत्त शिक्षक समाज भक्तपुरका प्रधान सम्पादक ज्ञानसागर प्रजापतिले पुस्तकबारे चर्चा गर्नुभयो भने समाजका सदस्य धिरेन्द्रबहादुर कायस्थले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै समाजका कोषाध्यक्ष विश्वराम कवांले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने समाजका तुल्सीराम ग्वाछाले पनि बोल्नुभएको थियो ।