भक्तपुरमा आठौं औद्योगिक महोत्सव चैत्र २२ गते देखि हुने

भक्तपुरमा आठौं औद्योगिक महोत्सव चैत्र २२ गते देखि हुने

आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव २०८०।८१ चैत्र २२ गते देखि बैशाख ३ गतेसम्म हुने भएको छ । आयोजक समितिले आज भक्तपुरमा पत्रकार सम्मेलन आयोजना गरी यस वर्षको अन्तिम कार्यक्रमको रुपमा व्यापार महोत्सव भक्तपुरमा आयोजना गर्ने घोषणा गरेका हुन । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ, प्रगतिको श्रोत’ नाराका साथ देशका विभिन्न क्षेत्रमा व्यापार महोत्सव आयोजना गर्दै आएको औधोगिक शान्ति नेपाल संस्थाले मध्यपुर ब्वाईज व्याण्डसँगको संयुक्त आयोजनामा भक्तपुरको सल्लाघारीमा बिगतका वर्ष झै यस वर्ष पनि आठौं भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सव २०८०।८१ आयोजनाको तयारी भएको जनाएको हो । महोत्सवका संयोजक दीपक थापाले महोत्सवको तयारीका बारेमा पत्रकार सम्मेलनमा वाचन गरेको प्रेस विज्ञप्ती यसप्रकार छ ।

नयाँ वर्षको आगमनसंगै लामो समयदेखि बिभिन्न जिल्लामा औधोगिक तथा व्यापार महोत्सव गर्दै आएको ’औधोगिक शान्ति नेपाल संस्था’ र मध्यपुर ब्वाईज व्याण्डको आयोजनामा भक्तपुर जिल्लामा आठौँ भक्तपुर औधोगिक साँस्कृतिक पर्यटन तथा व्यापार मेला २०८०÷०८१ को आयोजना गर्ने जमर्को गरेको छ । भक्तपुरमा यसअघि सातौ पटक औधोगिक तथा व्यापार महोत्सव सफलता पूर्वक सम्पन्न भइसकेको जानकारी नै छ।
ऐतिहासिक, साँस्कृतिक एवं पर्यटकीय क्षेत्र भक्तपुरको सल्लाघारी तीनकुने स्थित १०८ रोपनी चौरमा विगत वर्षहरमा जस्तै विशाल रुपमा यही चैत २२ गते विहिबारदेखि २०८१ साल वैशाख २ गतेसम्म ११ दिने महोत्सवको आयोजना गर्ने भएका छौं ।
यस महोत्सवमा २०० भन्दा बढी स्टल रहने छ भने करिब पाँच लाख भन्दा बढी उपभोक्ताको आगमन हुने र १० देखि १२ करोडसम्मको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, विभिन्न प्रकारका लत्ताकपडाहरु, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामाग्रीहरु बिक्रीका लागि राखिने छन् ।
औधोगिक उत्पादनको प्रर्दशनी, सूचना तथा विज्ञान प्रविधिको प्रर्दशनी, प्रविधि सम्बन्धी गतिविधि, अटो मोवाइल प्रर्दशनी, विद्युतीय मेशिन कृषि औजार प्रर्दशनी, मोबाईल तथा ईलेक्ट्रोनिक्स सामानको प्रर्दशनी, व्यापार तथा पर्यटकीय प्रर्दशनी, लत्ताकपडा तथा भाडाकुडाको प्रर्दशनी एवं बिक्रीका लागि रहनेछ ।
एशियाकै उत्कृष्ठ बाल उद्यान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खाना महोत्सव, दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, बाल उद्यान, रोटी पिङ्ग, रेनजर, मारुती सर्कस, फेशन रÞ्याप तथा नृत्यहरु, नृत्य प्रतियोगिता, विभिन् ख्याती प्राप्त कलाकारहेका बेजोड प्रस्तुतीले महोत्सवलाई थप आकर्षण हुनेछ । ड्रागन ब्रेक डान्स, नाउ तथा बच्चाको खेलौना, राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य तथा गीत गायनको बजेट प्रस्तुती रहने छ ।
मेलामा विक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यबस्था गरिएको छ । भक्तपुर, काठमाण्डौ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका वासिन्दाले समेत यसबाट लाभ लिन सक्नेछन् । महोत्सवलाई व्यवस्थित गर्न रु। ५० र रु। ७० प्रवेश शुल्कको व्यवस्था गरिएको छ ।
यद्यपी विद्यार्थी र जेष्ठ नागरिकलाई विशेष छुटको व्यबस्था गरिएको छ । महोत्सवकै अवसरमा नयाँ वर्षको सन्दर्भ पारेर वैशाख ३ गते भने ख्याती प्राप्त गायक
गायिकाको बेजोड प्रस्तती, बिभिन्न ख्याती प्राप्त कलाकारहरुको कमेडीसहितको विशेष साँस्कृतिक कार्यक्रम हुनेछ । उक्त कार्यक्रमलाई रं २०० प्रवेश शुल्क कायम गरिएको छ । तसर्थ यस महोत्सवको समाचार तपाईहरुको संचारमाध्यमबाट सम्प्रेषण गरि मेलाको बारेमा आमनागरिकलाई जानकारी गराईदिन हुन सम्पूर्ण संचारकर्मी मित्रहरुलाई अनुरोध गर्दै कार्यक्रममा सहभागि भइदिनु भएकोमा धन्यवाद व्यक्त गर्दै चैत २२ गते कार्यक्रमको उद्घाटनमा सरिक भइदिन अनुरोध गर्दछौं ।
संयोजक
दीपक थापा
अध्यक्ष
सन्दिप महत