केन्द्रीय कबड्डी संघले भक्तपुरलाई विभेद गरेको खुलासा

केन्द्रीय कबड्डी संघले भक्तपुरलाई विभेद गरेको खुलासा
भक्तपुर, ३ चैत । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा समसायिक विषय र नियमित बैठक भक्तपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष उकेश कवाँको प्रमुख आतिथ्यतामा शनिवार बज्र गेष्ट हाउस एण्ड रेष्टुराँमा शनिवार सम्पन्न भयो ।
प्रमुख अतिथि उकेश कवाँले केन्द्रीय कबड्डी संघले भक्तपुरलाई विभेद गरेका कारण अन्तर नगर महिला कबड्डी गर्नुपरेको बताउनुभयो । उहाँले अन्तर नगर कबड्डी प्रतियोगिता असफल पार्न दुई टिमको सुपर लिग र हप्ता दिनमा अन्तराष्ट्रिय कबड्डी घोषणा गरेको मञ्चबाटै अन्तराष्ट्रिय रेफ्रि विनोद प्रजापतिले बोलेको बताउनुभयो । उहाँले कुनै पनि कार्य सफल बनाउन निराश नभई निरन्तर लागिरहे सफल हुने बताउँदै इराकमा अहिलेसम्म सदामका लडाकुहरु संघर्ष गरिरहेको बताउनुभयो । उहाँले अमेरिक सांसदमै वाइडेनलाई विभिन्न देशमा युद्ध थोपारेर हतियार बेचि धनी भएको कुरा उठेको बताउनुभयो । उहाँले जीवनमा हावापानी, वातावरण, प्रकृतिको उतार चढाब जस्तै हो जीवन भन्नुभयो । उहाँले जीवनमा सुखदुख, उतारचढाब हुने त्यसबाट निराश हुन नहुने बताउँदै सत्यको बाटो हिडे ढिलो भएपनि अवश्य पुगिन्छ भन्नुभयो । उहाँले समय परिवेश र परिस्थिति अनुसार राजनीति पनि उतारचढाब हुने बताउँदै निरन्तर खेलकुदमा लागे विकृति र विसंगति हटाउन सक्ने र टिमवर्कले काम गरे हामीले पुरा गर्न नसकेको काम नयाँ पुस्ताले पुरा गर्ने बताउनुभयो ।

उहाँले सत्रु कहिले चुप लागेर नबस्ने मौका पर्खि रहन्छ भन्नुभयो । उहाँले खेलाडी संस्कारी, सीप युक्त, अध्ययनशील बन्नुपर्ने बताउँदै विभिन्न भाषाको ज्ञाता हुने पर्ने बताउनुभयो । उहाँले भक्तपुरका जनतालाई बाह्य जिल्लाले माक्र्स र माओ जस्तै सम्झिने बताउँदै यसलाई विगार्न युवाहरुलाई जाँड रक्सी खुवाएर विगार्ने बताउनुभयो । उहाँले समाजवादमा मात्र सम्पूर्ण युवाहरुले खेल्न अवसर मिल्ने बताउँदै नेमकिपाले जनताको प्रजातन्त्र हुँदै समाजवाद पुग्ने लक्ष्य लिएको बताउनभुयो । उहाँले राजदुत हुनेहरु देशप्रति बफादार नहुँदा युक्रेन युद्धमा रुसी सेनामा गएका नेपालीहरुको उद्धार गर्न नेपालीहरुले भारतलाई गुहारेको समाचारहरु आएको लाजमर्दो विषय भएको बताउनुभयो ।
कार्यक्रम भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा उहाँले आफ्नै खुट्टामा उभिएर खेलकुदको विकास गर्नु पर्ने बताउँदै खेलाडीहरुको प्रतिभा प्रष्फुटन गर्न प्रतियोगिताहरु संचालन गर्नु पर्ने बताउनुभयो । कार्यक्रममा सल्लाहकार केशब त्वनाबासुले स्वागत र कोषाध्यक्ष लक्ष्मी प्रसाद चवालले संचालन गर्नुभएको थियो । उक्त कार्यक्रममा बक्सिङ प्रशिक्षक केदार तुईतुई, राजकुमार लघु, गणेश सांगामी, आशराम सुवाल, सुरोज ग्वाछा, दयाराम बेकोजु, दिनेश बासुकला, दर्शन मानन्धरले पनि खेलकुद र अन्तरनगर प्रतियोगिता बारे विभिनन जिज्ञासा राख्नु भएको थियो ।