बत्तृत्व कला, छात्रामा आदर्श प्रथम

बत्तृत्व कलामा छात्रामा आदर्श प्रथम
भक्तपुर, फाल्गुण १८ गते
मावि स्तरीय संयुक्त परीक्षा समितिले शुक्रबार आदर्श आजाद मावि भेलुखेलमा आयोजित बत्तृत्व कला प्रतियोगितामा आदर्श आजाद माविका छात्रा सुविना ढुंगेल प्रथम भएकी छिन् । वागेश्वरी माविकी छात्रा राधिका बेकोजु दोस्रो भएको सो प्रतियोगितामा बासु माविका रंजिता मिजार तेस्रो भएकी थिइन् भने छात्र तर्फको बत्तृत्व कला प्रतियोगितामा जोरपाटी माविका सहदेव ढकाल प्रथम हुन सफल भएका थिए भने दोस्रोमा बागिश्वरी माविका रमेश बुढा र देवी माविका करुण थापा तृतीय भएका थिए । विजयी छात्र छात्राहरुलाई भक्तपुर नगर विद्यालय अनुगमण समितिका संयोजक एवं भक्तपुर नगरपालिकाका जनप्रतिनिधी योगेन्द्रमा विजुक्छे, संयुक्त परीक्षा समितिका अध्यक्ष अम्विका न्याईच्याई, आदर्श आजाद माविका प्राचार्य श्रीकृष्ण किसीले पुरस्कार वितरण गर्नु भयो ।