गरिमामय पदमा निर्वाचित बक्सिङ संघ पदाधिकारीलाई बधाई तथा शुभकामना
भक्तपुर, ३ माघ । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा संघका साथीहरु विभिन्न संघसंस्थामा गरिमामय पदमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना कार्यक्रम अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा एक समारोह बीच बज्र होटेल एण्ड रेष्टुराँ बालाखुमा बुधबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गौतम सुजखु भक्तपुर उद्योग बाणिज्य संघको गरिमामय सदस्य पदमा निर्विरोध निर्वाचित भएकोमा, लक्ष्मण ग्वाछा भक्तपुर धरेलु बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा, दर्शन मानन्धर जय भिमसेन बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा, राजकुमार लघु ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा, केशब कवाँ सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लि.को उपाध्यक्षमा, साजन लघु आपसी बहु उद्देश्यी सहकारी संस्था लि.को कोषाध्यक्षमा र केशब त्वानाबासु झिगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को सदस्य जस्तो गरिमामय पदहरुमा निर्विरोध निर्वाचित भएकोमा अध्यक्ष रामकृष्ण प्रजापतिले खाडा र टिका लगाएर सम्मान गर्नु भयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले बधाई तथा शुभकामना दिनुको अर्थ उहाँलाई प्रगतिको बाटोमा लम्कन उत्साहित बनाई बनाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नु हो भन्दै उहाँहरुले संस्था प्रति गरेको प्रतिबद्धताहरु पुरा गराउन लगाई संस्थालाई उत्तोतर प्रगतिमा लान सकोस भनि शुभकामना व्यक्त गर्नुभयो । उहाँले कसैलाई शुभकामना दिनु भनेको उहाँहरु गरेका योगदान, संघर्ष, व्यक्तित्व, नेतृत्व र क्षमताबाट हामीले सिक्ने अवसर प्राप्त हुने भएकोले यस्तो कार्यक्रम आवश्यक रहेको बताउनुभयो । उहाँले डिसेम्बर २६ मा चीनमा जन्मेका मात्सेतुङ्गले विश्वको शक्तिशाली अर्थतन्त्रको देशको रुपमा विकास गर्दे विश्वको एक धु्रबिय माहाशक्तिको अन्त्य गर्दै बहुध्रुविय शक्तिको उदय गरिरहेको बताउनुभयो । उहाँले चीनको जनवादी गणतन्त्र स्थापना भएको सय बर्षमा सामरिक रुपमा बलियो देशको रुपमा विकास गर्ने लक्ष्य लिएर काम भई रहेकोले हामीले पनि कुनै संघसंस्थामा काम गर्दा लक्ष्य सहित सफलताको शिखर चुम्नुपर्ने बताउनुभयो । उहाँले जुनसुकै संस्थामा कार्य गरेतापनि देश र जनतालाई केन्द्र बिन्दुमा राखेर इमान्दारीता पूर्वक सत्य र निष्ठाको लागि काम गर्नु पर्छ भन्नुभयो । माओका व्यक्तित्वका आयामहरु विनयशील, सद्भाव, अध्ययनशील, उच्च मनोबल, सरलता र निर्माणका आधारशीलाहरुबाट हामीले आफ्नो व्यक्तित्व विकास गर्न सिक्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गौतम सुजखुले भक्तपुर उद्योग बाणिज्य संघमा उपल्लो सामन्त वर्ग वा पुजिपतिहरुले तल्लो वर्ग वा किसान मजदुरहरुलाई माथि उकास्न नदिन विभिन्न प्रपञ्च रचेर दबाई रहेको तल्लो वर्गलाई पनि प्रनिधित्व गराउन संघर्ष गरेको बताउँदै पदमा पुगेपछि सामन्तसंग मिलेर फेरी तल्लो वर्गका साथीहरुलाई दवाउने गरेको र आफ्नो व्यक्ति स्वार्थ पूर्ति गर्न हिजो गरेको प्रतिबद्धताहरु भुलेर विचार र सिद्धान्तहीन काम गर्ने गरेको अनुभव बटुलेको बताउनुभयो । उहाँले अरुलाई नविगार्ने, समाज सेवा गर्ने, विकृति विसंगतिमा नलाग्ने अग्रजहरुले सिकाएको बाटो अंगालेर हिडेको र सत्य कुरा सहि समयमा, सहि ठाउँमा, सहि विचार राख्न सक्ने अवस्थामा अग्रजहरुले सिकाएको बताउँदै तल्लो वर्ग उठ्न नदिन ठूलो धनराशी राखेर निर्वाचन लड्नु पर्ने नियमहरु बनाएर छेक्न खोजेको बताउनुभयो ।
कार्यक्रममा लक्ष्मण ग्वाछाले खेल खेलेर देशको नाम कमाउन, देशको समसामयिक राजनीतिक अवस्था बारे जानकारी प्राप्त गर्न, भक्तपुर घरेलु साकोसबाट अनुदान प्राप्त हुने साथै समुदायमा आधारित नभएको सहकारीहरु खस्केको बारे बताउनुभयो ।
कार्यक्रममा साजन लघुले संचालन गर्नु भएको थियो ।