सवारी दुर्घटनामा वृद्धको मृत्यु
भक्तपुर, असोज २७ गते
गत हप्ता भक्तपुरको च्याम्हासिंहमा भएको सवारी दुर्घटनामा घाईते भएकी एक वृद्ध यात्रीको मृत्यु भएको छ । भनपा ९ बस्ने वर्ष ७० कि नक्कली प्रजापतिको उपचारको क्रममा हिजो राती मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । मृतक प्रजापतिलाई असोज १८ गते च्याम्हासिंहमा मोटरसाईलले ठक्कर दिएको थियो । ठक्कर पश्चात गम्भिर घाईते प्रजापतिलाई ख्वप अस्पतालबाट मध्यपुर थिमी अस्पतालमा रिफर भएर उपचारमा थिइन । उपचारकोक्रममा तिनको हिजो साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने मोटरसाइलक चालक १८ वर्षका उज्वल भडेललाई प्रहरी नियन्त्रणमा राखेको सूचना अधिकारी बसन्त पाठकमार्फत विज्ञप्ति जारी गदै सो वारे जानकारी दिएका हुन । असोज १८ गते साँझ च्यामासिंह स्थित कमलबिनायकबाट च्यामासिंहतर्फ आउदै गरेको बाग्मती प्रदेश ०२ ०१४ प ३३८७ नं को ल्क् पल्सर मोटरसाइकलले पैदलयात्री नक्कली प्रजापतीलाई ठक्कर दिएका हुन । सो घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको सूचना अधिकारी पाठकले व्यहोरा सूचित गराएको छ ।
Featured Posts – Style 1
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
2026-07-21 Comments Off on फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति
फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकाबीच सहमति भक्तपुर । २०८३ साउन ४ भक्तपुर नगरपालिका वडा नं. १०...
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
2026-07-20 Comments Off on गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटना
गत असारमा भक्तपुरमा २४ जघन्य तथा गम्भीर अपराधका घटनाभक्तपुर, श्रावण ४ गतेजिल्ला प्रहरी कार्यालय भक्तपुरले गत असार महिनाभर भएका कार्यसम्पादनहरु...
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
2026-07-20 Comments Off on सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न
सहकारी संस्थामा नियमित बचतको अनिवार्यताश्री बाराही साकोसको २८औँ स्थापना दिवस सम्पन्न भक्तपुर, साउन ४ गते। श्री बाराही बचत तथा ऋण...
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
2026-07-20 Comments Off on स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचनललितपुर,- राजुराम मुनंकर्मीबि.सं. २०८२ चैत्र ७ गते देखि हरेक महिनाकाे पहिलाे शनिबारका...
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
2026-07-19 Comments Off on भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउ
भक्तपुर प्रहरीद्वारा स्कुटर चोर पक्राउभक्तपुर, श्रावण ३ गतेभक्तपुर प्रहरीले स्कुटर चोरी गर्ने मानिसलाई पक्राउ गरेको छ । श्रावण १ गते...














