सामुदायिक विद्यालय स्तरीय गायन प्रतियोगितामा निकेश तामाड्ड विजयी

सामुदायिक विद्यालय स्तरीय गायन प्रतियोगितामा निकेश तामाड्ड विजयी
भक्तपुर, असार १ गते
वागीश्वरी माध्यमिक विद्यालयको आयोजनामा सामुदायिक विद्यालय स्तरीय गायन प्रतियोगिता –२०८० कमलविनायक स्थित वागीश्वरी कलेजको सभा हलमा सम्पन्न भयो । उक्त प्रतियोगितामा सरस्वती विद्यागृह मा.विका छात्र निकेश तामाड्ड विजेता तथा स्वहि विद्यालयका लंकबहादुर हमालले उपविजेताको पदक पाएका छन् ।
भक्तपुर नगरपालिका वडा नं ९ तथा वागीश्वरी माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्वको प्रमुख अतिथिमा भएको गायन प्रतियोगितामा यस वडा नं ९मा रहेको सामुदायिक विद्यालयहरु सरस्वती विद्यागुह मा.वि., दत्तात्रय आ.वि. र वागीश्वरी मा.वि.का विद्यार्थीहरुले भाग लिएका थिए ।


प्रतियोगिताका प्रमुख अतिथि ज्याख्वले सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको गुणस्तर वृद्धि गर्नका लागि यस्ता व्यक्तित्व विकासका प्रतियोगिता आगामी दिनहरुमा पनि निरन्तर भैरहनुपर्ने कुरामा जोड दिनुभयो ।
एघार वटा गायन रहेको उक्त प्रतियोगितामा तीनैवटा विद्यालयका तीन जना निर्णयकहरु निर्णयकमण्डलमा रहेको थियो । विषेश गरी चार विषयवस्तुः स्वर तथा सुर, शब्द उचाहरण, संगितमा ताल र गीतको चयनमा आधारित भएर निर्णय लिएका थिए ।
प्रतियोगिताका विजेताले आनिछोइङ डोल्माको फूलको आ“खामा फूलै संसार वोलको गीत गाउनुभएको थियो भने उपविजेतादे माछी मार्न जाउ“ न दाजै वोलको गीत गाउनुभएको थियो ।
प्रतियोगीतामा वागीश्वरी मा.विका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा, बालगोपाल श्रेष्ठ, रामसुन्दर लवजु, नविन्द्रलाल कर्माचार्य, गनुराज राई, पदमराज दियालीले पनि बोल्नुभएको थियो ।