थप ४२ जनामा कोरोना पुष्टि ।

थप ४२ जनामा कोरोना पुष्टि ।
आज थप ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ९ सय १५ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टीजेन विधिबाट ५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा थप १७ जना भने निको भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय २३ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।