ताम्रकार समाजद्वारा सञ्चारमाध्यमसंग सहकार्यमा जोड भाषा, संस्कृति र सम्पदा संरक्षणसंगै स्थानीय सरोकारको विषयलाई सम्बन्धित निकायबाट सम्बोधन गराउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। ताम्रकार समाजले शुक्रबार आयोजना गरेको नेवाः पत्रकार राष्ट्रिय दबूका नवनिर्वाचित पदाधिकारीहरुको स्वागत तथा परिचयात्मक कार्यक्रममा सो कुरा बताइएको हो। सो अवसरमा समाजका अध्यक्ष विनोद ताम्रकारले नेपाल भाषा, संस्कृति, सम्पदा र मौलिक परम्पराको जर्गेना गर्ने लगायत राज्यको गलत नीति सरोकारवालालाई बेवास्ता गरी गरिएका निर्णय का कारण सिर्जित समस्यासंग जुध्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। ‘ सडक विस्तारको क्रममा ताम्रकारहरुको कुलदेवता उग्रचण्डीमाई मन्दिर क्षेत्र अतिक्रमण हुन नदिन समाजले गरेको विरोध, भूकम्पछि मन्दिर पुनःनिर्माण, ग्यास पड्किएर समाजका सदस्यहरुको मृत्यू हुुँदा क्षतिपूर्ण लिन कामदेखि समाजले गर्ने हरेक गतिविधिमा सञ्चारमाध्यमको भूमिका सहयोगी पूर्ण रहेको छ ।’ समाजको विकासमा सञ्चारमाध्यमको भूमिका महत्व रहेको उदाहरण दिँदै अध्यक्ष ताम्रकारले भन्नुभयो। सो अवसरमा समाजका निर्वतमान अध्यक्ष रवीन्द्रराज ताम्रकारले समाजले आफ्नोे उद्देश्य प्राप्तिको दिशामा सञ्चारमाध्यमले पुरयाएको योगदाको प्रशंसा गर्दै समाजले फराकिलो दृष्टिकोण राखेर सबैंसंग सहकार्य गर्दै आएको बताउनुभयो।समाजले ताम्रकारहरुको मात्र नभई सिंगो नेवार समुदाय र राष्ट्रको हितको भावनाले काम गरिरहेको बताउँदै निर्वतमान अध्यक्ष ताम्रकारले राज्य, स्थानीय तहको गलत नीति, समन्वय बिना काम गर्दा भोग्नुपरिरहेको समस्या समाधानका लागि सञ्चारमाध्यमको महत्व कति रहन्छ भन्ने कुराको आफू भुक्तभोगी रहेको बताउनुभयो। नेवाःपत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले सञ्चारमाध्यमसंग सहकार्य गरी अघि बढ्ने विषयमा अरु जातीय समाजले ताम्रकार समाजबाट सिक्नुपर्नेमा जोड दिनुभयोे।अध्यक्ष श्रेष्ठले भन्नुभयो ‘ कुनै पनि कार्यक्रम गर्नुपूर्व सञ्चारकमीहरुसंग छलफल गरी उपयुक्त सञ्चार नीति अपनाउने, सञ्चारमाध्यमसंग सम्पर्क गर्ने ज्ञान, सीप, सञ्चारकर्मीहरुलाई प्रोत्साहित गर्ने र समाचारको असरबारे मूल्याङ्कन गर्ने कार्यलाई संस्थागत गर्दै लगेको छ । यो राम्रो पक्ष हो ।’ नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले राज्यको विभिन्न ओहोदामा रहेका, धनीमानीको स्वार्थ र समुदायको हित बाझिएको अवस्थामा सञ्चारकर्मीहरुले विवेक पु¥याएर पत्रकारिताको धर्म अनुसार सदवै समुदायको हितलाई केन्द्रबिन्दुमा राखेर पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो।ताम्रकार समाजको समन्वयकारी छवि, फराकिला चिन्तन र व्यवहार अरु जातीय समाज खलःपुचका लागि उदाहरणीय रहेको पनि वरिष्ठ उपाध्यक्ष महर्जनको भनाई रहेको छ । समाजका अध्यक्ष शम्भुगोविन्द्र ताम्रकार, सचिव दिपेश ताम्रकारले विविध भाषाभाषी र समुदायको रहेको देशमा सञ्चारमाध्यमले सबैका आवाज र भावनालाई प्रतिबिम्बित गर्दै जानुपर्नेमा केन्द्रीत गर्दै आआफ्नो भनाई राख्नुभयो। नेवाः पत्रकार राष्ट्रिय दबूका ललितपुर जिल्ला मञ्जु बज्राचार्यले पत्रकार दबूको संस्थागत विकासमा समाजको सहयोगी भूमिका स्मरणीय रहेको बताउनुभयो।सो अवसरमा पत्रकार राष्ट्रिय दबूका नवनिर्वाचित पदाधिकारीहरुलाई नेवाः परम्परा अनुसार सगुण दिइएको थियो।
Featured Posts – Style 1
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
2026-09-06 Comments Off on एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप
एभरेस्ट स्काउट क्याम्पबाट नेतृत्व र सहकार्यको सीप भक्तपुर, भाद्र २१ गते, विद्यार्थीमा नेतृत्व क्षमता, अनुशासन, सहकार्य तथा सामाजिक सद्भावको विकास...
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
2026-09-06 Comments Off on लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्न
लोकेश्वर साकोसबाट दुबोको माला बनाउने तालिम सम्पन्नलोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., को महिला उप–समितिको आयोजनामा भएको एक दिने...
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
2026-09-04 Comments Off on कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान
कृष्णजन्माष्टमीमा भोटेकोशी बाढीपीडितका लागि भक्तपुरको पञ्चमहालक्ष्मीमा विशेष अनुष्ठान भक्तपुर । नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीका कारण दिवङ्गत भएका नागरिकहरूको...
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
2026-09-04 Comments Off on दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन
दाइजोको निहुँमा आरतीको हत्या भएको माइती पक्षको आरोप, दोषीलाई पक्राउ नगरेको भन्दै पत्रकार सम्मेलन प्रेमचन्द्र झाभदौ १९ गते रौतहट ।...
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...














