भक्तपुर नगरव्यापी कसिमला पाँय् प्रतियोगिता सम्पन तथा पुरस्कार वितरण
भक्तपुर, २७ पुस । गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा खुल्ला भक्तपुर नगरव्यापी कसिमला पाँय् प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम भनपा वडा नं ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वको प्रमुख आतिथ्यतामा सूर्यमढी वाकुपति नारायण स्थानमा बुधबार सम्पन्न भयो ।
प्रमुख अतिथि रबिन्द्र ज्याख्वले लोप हुन लागेको परम्परागत कसिमला पाँय् हाम्रो पहिचान सहितको खेल भएकोले त्यसलाई बचाउन ९२ वटा विद्यालयका शिक्षकहरुलाई प्रशिक्षण र नियम बनाई पाठ्यक्रममा राखेर नगरपालिकाले प्रत्येक बर्ष प्रतियोगिताहरु गर्दै जान्दा नयाँ पुस्तामा हस्तातरण भएको बताउनुभयो । उहाँले नयाँ पुस्ता भर्चुयल संसारमा रमाउँदा मानसिक रोग र आत्महत्याहरु बढी रहेकोले अशिक्षा र असक्षम बनाई रहेको तर्फ जोड दिँदै नयाँ पुस्तालाई समाजसंग धुलमिल गराउन वा बाहिर निकाल्न यो खेलले टेवा पु¥याउने बताउँदै पपजी खेलबाट काठमाण्डौंका मेयर विदेश जानु बैंक खाता हाय्क गरी पैसा चोर्नेहरुलाई प्रोत्साहन हुने भएकोले आपति जनाउँदै गलत कार्यलाई उत्साहित गर्न नहुने भन्नुभयो । उहाँले अभिभावकहरुले सन्तानलाई राम्रो खेलमा दो¥हाए राम्रो हुने र नराम्रो खेलमा नराम्रो हुने बताउनुभयो । उहाँले पैसाको लागि जे पनि गर्ने पुँजिवादी सोच भएको बताउँदै नैतिक शिक्षाको अभावमा नयाँ पुस्ताको चरित विकृति र विसंगति तर्फ गईरहेको बताउनुभयो । उहाँले जनताको सहकारी समुदायमा आधारित हुने त्यस्तो बाहेक नाफाको निम्ति संचालित सहकारीमा रकम जम्मा नगर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार रामकृष्ण प्रजापतिले खेलकुद स्वास्थ्यको लागि भएको बताउँदै अहिलेको समयमा खानपान, रहनसहन र शारीरिक कसरतको कमिले नयाँ नयाँ रोग तथा दृघ रोगहरु देखा परेकोले शारीरिक मानसिक स्फूर्ति र स्वस्थ्थताको लागि खेलकुद भएकोले खेलकुदलाई जीवनको अभिन्न अंग बनाउनुपर्ने बताउनुभयो । उहाँले कसिमला पाँय् खेल परम्परागत खेल भएकोले भक्तपुर नगरपालिकाको पर्यटकीय गन्तव्य बनाउने सोचलाई टेवा पु¥याउन सक्ने बताउनुभयो । उहाँले सहकारीहरुमा संकत देखिएको अवस्थामा समुदायमा आधारित भई सहकारीको मुल्य मान्यता र सिद्धान्त अनुसार सामाजिक कार्य अन्तर्गत कसिमला पाँय् खेलको प्रतियोगिता गर्नुभएकोमा आयोजकलाई धन्यवाद दिनुभयो । उहाँले शोसन रहित समाज बनाउन सहकारीको पार्दुभाव भएको बताउँदै आर्दश समाज बनाउने उद्देश्य सहितको सहकारीले समाजलाई अन्यायअत्याचार, भष्ट्राचार मुक्त समाज र शान्त, समृद्धि, समाज बनाउन पहल गर्नुपर्ने बताउनभयो । कार्यक्रम युवा तथा खेलकुद समितिका संयोजक सिद्धान्त प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष कृष्णराम कासिछ्वा, उपाध्यक्ष श्रीप्रसाद प्रजापति, सचिव सत्यराम ज्ञामरु र रेफ्रि राजेन्द्र प्रजापतिले पनि बोल्नु भएको थियोे ।
कार्यक्रममा प्रमुख अतिथि रबिन्द्र ज्याख्वले प्रथम हुने लक्ष्मी भक्त कोजूलाई मेडल, प्रमाण पत्र र नगद पुरस्कार रु.२५००।– द्धितीय हुने राजाराम प्रजापतिलाई मेडल, प्रमाण पत्र र नगद पुरस्कार रु.१५००।– र तृतीय हुने कृष्ण गोपाल प्रजापतिलाई मेडल, प्रमाण पत्र र नगद पुरस्कार रु.१०००।– हस्तातरण गरी सम्मान गर्नुभयो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













