भक्तपुरका ससाना नानी बालबालिकाहरु पनि कसिमला पाय्मा निपुर्ण
भक्तपुर, पुस ७ गते
https://youtu.be/QaAC6BchNlo
सेवा निवृत्त शिक्षक समाजले संयोजन गरेको कसिमला पाय् खेलको आज भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नु भयो । ससाना बालबालिकाहरु देखि कक्षा ९ सम्मका विद्यार्थीहरु आज दरवार क्षेत्रको ऐतिहासिक पार्टीमा पलेति कसेर कछिमला पाय् खेलमा प्रतिस्पर्धा गरेका हुन । पहिलो चरणको खेल आज खेलाएको बताउँदै समाजका कोषाध्यक्ष विश्वराम कवांले परापुर्व काल देखि बाज्य बराजुले खेल्दै आएको कसिमला पाय् पछिल्लो समयमा लुप्त भए पनि भक्तपुर नगरपालिकाले स्थानीय पाठ्यक्रममा राखेर ससाना बालबालिकाहरुलाई समेत खेल प्रति अभिरुचि जगाउन सफल भएको बताए । उहांले कसिमला पाय् भक्तपुरको मौलिक खेल भएकोले यसको प्रवधनका लागि सेवा निवृत्त शिक्षक समाज लागि परेको बताए ।

यसैबीच समाजका रामगोपाल कर्माचार्यले सधै जेष्ठ नागरिकहरुले खेल्ने कसिमला पाय् खेल्न विद्यार्थीहरु पनि निपुर्ण भएको भन्दै गत वर्षको भन्दा यस वर्ष बढी विद्यार्थी खेलमा सहभागि भएको बताए ।
यस वर्ष ५० भन्दा बढी विद्यालयका १९६ जना विद्यार्थीहरु कसिमला पाय् खेलमा खेलाडीहरु सहभागि भएका छन् । भक्तपुर दरवारक्षेत्रस्थित ऐतिहासक लामो पाटीमा कसिमला पाय् आज र भोलीकालागि सो क्षेत्रमा सेवा निवृत्त शिक्षक समाजको संयोजनमा भक्तपुर नगरपालिकाले आयोजना सो प्रतियोगिता भइरहेको छ ।














