भक्तपुर उद्यमी साकोसको साधारणसभा सम्पन्न

भक्तपुर उद्यमी साकोसको साधारणसभा सम्पन्न

भक्तपुर ः भक्तपुरको भक्तपुर उद्यमी बचत तथा ऋण सहकारी संस्था लि. को १५ औं साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
‘बचत गरौं भविष्य उठाऔं, ऋण लिई उद्यम गरौं’ भन्ने नाराको साथ २०६४ सालमा स्थापना भएको उक्त संस्थाको साधारणसभा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साधारण सभामा संस्थाका सचिव महेशबहादुर धौबञ्जारले आर्थिक वर्ष २०७८÷७९ मा संस्थाले गरेका र आर्थिक वर्ष २०७९÷८० मा गर्ने योजनामा राखिएका गतिविधि, कार्यक्रमबारे जानकारी दिएका छन् ।


यसैगरी, सभामा संस्थाका कोषाध्यक्ष प्रज्वल जोन्छेले संस्थाको आर्थिक वर्ष २०७८÷७९ को आर्थिक प्रगति प्रतिवेदन पेश गरे । उनले २०७९ असार मसान्तसम्ममा संस्थाको कुल सम्पत्ति ४२,४३,१८,०५४।४४ पुगेको जानकारी गराए भने आर्थिक वर्ष २०७९÷८० मा कुल सम्पति ५०,९१,८१,५६१÷– पु¥याउने अनुमानित बजेट पेश गरे । उनका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा संस्थाले रु. ५८,३१,७७०।५७ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
साधारण सभाले सदस्यहरुलाई १०।४८ प्रतिशत शेयर लाभांश रकम वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभामा संस्थाका अध्यक्ष उत्तमप्रसाद वैद्यले संस्थाका सदस्यहरुको योगदानकै कारण संस्था आजको स्थानसम्म आइपुगेको भन्दै आगामी दिनमा पनि संस्थाको प्रगतिका लागि रचनात्मक सहयोग गरिरहन सदस्यहरुलाई आग्रह गरे । सभामा प्रमुख अतिथि मानन्धरले संस्थाका ज्येष्ठ सदस्यहरु रामकेशरी अमात्य र बेलभक्त कोजूलाई कदर पत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरेका थिए । अध्यक्ष वैद्यले प्रमुख अतिथि मानन्धरलाई मायाको चिनो प्रदान गरेका थिए।