शताब्दी पुरुष जोशीको १०३ वर्षमा निधन

शताब्दी पुरुष जोशीको १०३ वर्षमा निधन
काठमाण्डौ, असोज ३० गते
शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशीको आज विहान निधन भएको छ । ललितपुरस्थित किस्ट मेडिकल अस्पतालमा उपचारकैक्रममा आज विहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको अस्पताल श्रोतले जनाएको छ । गत २४ दिन देखि अस्पतालमा भर्ना भएका जोशीको स्वास्थ्यमा केही दिन देखि जटिल बन्दै गएपछि सघन उपचार कक्षमा राखेर उपचार गर्दै आएको थियो । जोशीको मुटु र फोक्सो तथा पिसाब निलिमा भएको जटिलताको उपचार हुँदै थियो । १०३ वर्षको उमेरमा जोशीको आईतबार विहान निधन भएको हो ।